+
+

पूर्वप्रधानमन्त्रीलाई संसदमा बोल्न दिने समयमा पुनर्विचार गर्न चित्रबहादुर केसीको माग

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते १८:०४

१६ असोज, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पूर्वप्रधानमन्त्रीलाई संसदमा बोल्न दिने समयबारे सोच्नुपर्ने बताएका छन् ।

साढे दुई घण्टा बढी समय लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रतिनिधिसभा बैठकलाई गरेको सम्बोधनपछि अध्यक्ष केसीले यस्तो बताएका छन् । ‘मैले पहिले पनि कुरा उठाएको थिएँ – पूर्वप्रधानमन्त्री, पूर्वसभामुखहरूलाई जति बोल्न मन लाग्छ, उति बोल्न दिन मिल्छ ?’ अध्यक्ष केसीले प्रश्न गरे ।

कति समय बोलियो भन्दा पनि के नयाँ विषय आयो भन्नेमा ख्याल गरिनुपर्ने उनको राय छ । ‘अरू सबै (सांसदहरु) यहाँ त्यही सुन्न मात्रै आएको हो ? दुई घण्टा बोल्दा नयाँ कुरा के आयो उहाँ (केपी ओली) बाट ? त्यसकारण यसबारे सोच्नुपर्छ ।’ केसीले प्रतिनिधिसभाको बैठकमै भने ।

पूर्व प्रधानमन्त्री र विपक्षी दलको नेता भनेर जति समय पनि बोल्न दिइएको भन्दै माओवादी सांसद जनार्दन शर्माले समेत प्रश्न उठाएका थिए । सबै सांसदहरु बराबर रहेको उल्लेख गर्दै उनले बोल्ने समयमा सांसदहरुलाई विभेद गर्न नहुने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?