+
+

फ्रान्सको नयाँ चुनौती : ओलम्पिकको तयारी गर्ने कि उडुससँग लड्ने ?

एजेन्सी एजेन्सी
२०८० असोज १७ गते १३:३८

विश्वका सबै मुलुकहरु जस्तै फ्रान्ससामु पनि चुनौतीहरूका पहाड छन् । सन् २०२४ मा फ्रान्सले ओलम्पिक खेलको आयोजना गर्दैछ । तर, आफ्नो इज्जत र प्रतिष्ठा बढाउने र वैभव देखाउने ओलम्पिक खेललाई स्मरणीय र भव्य बनाउनका लागि जुन ऊर्जा उसले खर्च गर्नुपर्ने हो त्यो बैठक र योजनामै खर्च भैरहेको छ, त्यो पनि निकै अनौठो विषयमा ।

सुन्दैमा अनौठो लाग्नसक्छ, फ्रान्सको पछिल्लो टाउको दुखाइको विषय कुनै शत्रु मुलुक होइन वा बिग्रँदो आर्थिक अवस्था तथा जलवायु परिवर्तन पनि हैन ।

फ्रान्सको चिन्ताको कारण उडुसको आतंक हो । उडुसले यदि प्रतियोगितामा आउने अन्य देशका खेलाडिहरुमाथि धावा बोल्यो भने के अवस्था होला ? भन्ने चिन्ताले फ्रान्सलाई सताएको छ ।

उडुसको समस्यासँग जुधिरहेको फ्रान्सले ओलम्पिक खेल सुरु हुनुअघि यो किरासँग जुनसुकै हालतमा छुटकारा पाउनुपर्ने हुन्छ । रिपोर्ट अनुसार उडुस आतंकबाट राजधानी पेरिस सबैभन्दा धेरै प्रभावित छ ।

वास्तवमा पछिल्लो केही वर्षयता उडुस फ्रान्सको राष्ट्रिय समस्या नै बनिरहेको छ । चाहे घर हेास् वा अस्पताल अनि सिनेमाघर होस् वा रेल, सबै ठाउँमा उडुसको आतंक छ ।

अस्पताल तथा सिनेमाघरहरुमा समेत उडुसले टोकेको भन्दै धेरै मानिसहरुले सोसल मिडियामा पोस्ट गरिरहेका छन् । हालै त्यहाँको युजीसी सिनेमाघरले आफ्ना एक ग्राहकलाई उडुसले टोकेको विषयमा माफी माग्दै फिल्म हलमा उडुस निवारण गर्नका लागि तत्कालै आकस्मिक उपाय अपनाइने जनाएको छ ।

फ्रान्सका परिवहन मन्त्री क्लेमेन्ट ब्यूनले माइक्रो ब्लगिङ साइट एक्समा उडुस आतंकका बारेमा लेख्दै उडुस आतंक समाधानका लागि परिवहन सञ्चालकहरु समेत जागरुक हुनुपर्ने बताएका छन् ।

यसअघि पेरिसका उपमेयर इम्यानुयल ग्रेगोइरले फ्रान्सको राष्ट्रिय सार्वजनिक स्वास्थ्य समस्या बनिसकेको उडुस संकटमाथि तत्कालै कारबाही अगाडि बढाउन फ्रान्सका प्रधानमन्त्री समक्ष अनुरोध गरेका थिए ।

राजधानी पेरिसमा उडुसको समस्या कति उच्च छ भन्ने कुरा पछिल्लो बीमा नीतिबाट पनि थाहा पाउन सकिन्छ । पेरिसमा अब उडुसका कारण उत्पन्न हुने स्वास्थ्य समस्याको उपचार खर्चलाई स्वास्थ्य बीमाले व्यहोर्ने व्यवस्था गरिंदैछ ।

फ्रान्सको उर्जा मन्त्रालयले भने अन्तराष्ट्रिय यात्रा तथा किटनाशक औषधिप्रतिको बढ्दो प्रतिरोधी क्षमताका कारण उडुसको संख्या बढिरहेको जनाएको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?