+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अनेरास्ववियुले परीक्षा फारम लुटेर लगेको चक्रवर्ती कलेजको आरोप

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते १५:५७

१७ असोज, काठमाडौं । चक्रवर्ती हबी कलेजले अनेरास्ववियुले कलेजमा अराजक गतिविधि गर्ने गरेको आरोप लगाएको छ ।

मंगलबार कलेजमा पहिलो वर्षदेखि पाचौं वर्षसम्मका नियमित तर्फको विद्यार्थीहरुको अन्तिम परीक्षाको फारम भर्ने काम भइरहेको बेला जवरजस्ती प्रवेश गरी काम गरिरहेका कर्मचारीहरुलाई डर त्रासमा पारी लेखा शाखाको ढोका तथा झ्याल तोडफोड गर्दै प्रशासन शाखामा प्रवेश गरी विद्यार्थीहरुको करिव ४०० थान परीक्षा फारमहरु लुटेर लगेको कलेजको आरोप छ ।

कलेजले अराजक गतिविधि गरेको आरोपमा नरेश धामी, विश्व कार्की, आसुतोष नारायण यादव लगायत केही विद्यार्थीहरुलाई प्रशासनिक कारबाही गरेको समेत उल्लेख गरेको छ ।

कलेजले विज्ञप्तिमा भनेको छ ‘अनेरास्वयुका अराजक विद्यार्थीहरुको समूहले कलेजलाई बदनाम गर्ने, कलेजका सञ्चालक तथा त्यहाँ कार्यरत कर्मचारीहरुलाई गालीगलौज, धम्की दिने, कलेजको गेट, झ्यालढोका तोडफोड आगजनी गर्ने, कलेजको पढाइमा अबरोध ल्याउने जस्ता अराजक क्रियाकलाप गर्ने गरेकाले नरेश धामी, विश्व कार्की, आसुतोष नारायण यादव लगायत केही विद्यार्थीहरु लाई कलेजले प्रशासनिक कारबाही गरेको छ ।’

कारबाहीमा परेका विद्यार्थीको फारम बुझ्न दबाब दिँदै उनीहरुले कलेजमा तोडफोड गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

चक्रवर्ती कलेजले अनेरास्ववियुको यस्तो कृयाकलापले अध्ययनरत विद्यार्थीहरुको भविष्य समेत अन्यौलमा परेको विज्ञप्तिमा उल्लेख गरेको छ । अगाडी भनेको छ ‘अत्यावश्यक महत्वपूर्ण कलेजका विद्यार्थीहरुको अन्तिम परीक्षाको फारम बजरजस्ती लुटेर लगेको जानकारी सबै विद्यार्थीहरुमा गराउँदै विद्यार्थीहरुको परीक्षा फारमको जिम्मा अनेरास्ववियुले लिनु पर्नेछ ।’

कलेजले यस विषयलाई गम्भीरताका साथ लिएको र कलेज जस्तो सम्वेदनशील ठाउँमा यस्ता किसिमका अराजक कृयाकलापमा नगर्न नगराउन अपिल समेत गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालको नेतृत्वमा विद्यार्थीहरु नरेश धामी, आसुतोष नारायण यादव, धनराज यादव, विकेश प्रसाद यादव, सुदीप थापा, मुकुन्ददीप मडाई, विश्वराज कार्की, प्रतीक थापा, बिहानी पंगेनी लगायत करिब ३०-३५ जनाको संख्यामा आएका समुहले गुण्डागर्दी शैलीमा हुलहुज्जत गरेको कलेजको आरोप छ ।

कलेजले फेसबुक अकाउन्ट राखेको भिडियोमा केही युवाहरुले कलेजको गेट तोडफोड गरेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?