+

राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि खारेज

२०८० असोज  १७ गते १८:०४ २०८० असोज १७ गते १८:०४
राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि खारेज

१७ असोज, काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि खारेज गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले कार्यविधि खारेज गर्ने निर्णय गरेको हो ।

यो कार्यविधिअनुसार पुरस्कार दिन निकै झन्झटिलो भएकाले खारेज गर्ने निर्णय गरिएको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले बताए ।

उनका अनुसार कार्यविधिमा पुरस्कार दिन अर्थ मन्त्रालयको सहमति दिनेदेखि मन्त्रिपरिषद्मा लैजानुपर्ने झन्जिटिलो प्रक्रियामा थियो ।

‘एक लाख पुरस्कार दिन मन्त्रिरिषद्‍मा लैजानु पर्ने अवस्था रह्यो’ उनले भने, ‘अब मन्त्रीस्तरबाटै निर्णय गर्नसक्ने गरी नयाँ कार्यविधि बनाउन पुरानो खारेज गरिएको हो ।’

खेल पुरस्कार खेलकुद मन्त्रालय
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय