+
+

नीति शाहलाई डेब्युमै सकस : चार फिल्म साइन, चारै अन्योलमा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते १३:०७

काठमाडौं । नीति शाहलाई बुझ्दा लाग्छ, फिल्ममा अभिनय गर्नु भाग्यको कुरा पनि हो । रुचि हुँदाहुँदै पनि नीतिलाई यतिबेला ‘भाग्य’ले साथ नदिएजस्तो छ । साइन गरेका एकपछि अर्को फिल्मको भविष्य अन्योल भएपछि नीतिलाई डेब्युमै सकस भइरहेको छ ।

रोचक कुरा के छ भने उनले चार फिल्म साइन गरिन् । ती चारै फिल्म अन्योलग्रस्त छन् । नीतिले पछिल्लोपटक साइन गरेको ‘रावायण’को सुटिङ तत्कालै नहुने अवस्था छ । अनमोल केसीसँगको विवादपछि निर्देशक सुदर्शन थापाले अब कसरी प्रोजेक्टलार्ई अघि बढाउँछन्, यसबारे पछि थाहा लाग्ला ।

सुरुमा नीतिले ‘हुतुतु’ साइन गरिन् । यसमा प्रदीप खड्कासँग उनले जोडी बाँध्ने चर्चा रह्यो । त्यसपछि ‘एक्स नाइन’ साइन गरिन् । यो फिल्म पनि घोषणापछि अन्योलग्रस्त भयो । त्यसपछि प्रदीप खड्कासँगको ‘क्यामिनो’ साइन गरिन् । यो फिल्मको छायांकनमा पनि अन्योल भएपछि उनी भारततिर लागिन् ।

मुम्बईमा उनले अभिनय प्रशिक्षण सिकिन् । पछिल्लोपटक उनले ‘रावायण’मा साइन् गरिन् तर अभिनेता केसीसँगको विवादले यो फिल्म पनि यतिबेला अन्योलमा छ । ‘रावायण’ फिल्मको लागि नीतिले रामबाबु गुरुङको ‘डिग्री माइला’को अफर अस्वीकार गरेको चर्चा छ ।

फिल्ममा डेब्युका लागि अब नीति सही समयको पर्खाइमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?