+
+

सवीर श्रेष्ठले निर्देशन गर्ने ‘रुखान’मा नीति शाह अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते ११:३४

काठमाडौं । सवीर श्रेष्ठले निर्देशन गर्ने फिल्म ‘रुखान’को शीर्ष अभिनेत्रीमा नीति शाह अनुबन्धित भएकी छन् । निर्माता र नीतिबीच लिखित सम्झौता भएको छ । चार भाषामा बन्न लागेको यो फिल्मलाई लिएर आफू उत्साहित रहेको नीतिले बताइन् । निर्माताका अनुसार यो फिल्ममा उनले विद्रोही महिलाको चरित्र निर्वाह गर्नेछिन् ।

नीतिले गत साता डेब्यु फिल्म ‘खजुरे ब्रो’को छायांकन सकेकी थिइन् । केन्द्रीय भूमिका भएकाले पनि नीतिका लागि यो फिल्म महत्वपूर्ण हुने देखिएको छ ।

‘रुखान’लाई नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी भाषामा बनाउने तयारी छ । गैरआवासीय नेपाली समेत रहेका कृष्ण थापा र सुरेश गुरुङको लगानीमा यो फिल्म बन्न लागेको हो । फिल्मको कथा रुपक घिमिरेले लेखेका हुन् ।

सविन श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद रहनेछ । सविन फिल्म्स, भिक्टोरी प्रोडक्सन हाउस र काइट्स इन्टरटेनमेन्टको ब्यानरमा फिल्म बन्न लागेको हो ।

निर्माणमा आवरण स्किन हेयर क्लिनिकले पनि सहकार्य गरेको छ । निर्देशक सवीरले नागरिकले भोग्नुपरेको समस्यालाई कथावस्तु बनाएर फिल्म निर्माण हुन लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?