+
+

‘ज्वाइँ साब’मा जितुको जोडी नीति

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २६ गते १७:०८

काठमाडौं । सामाजिक कथावस्तुमा बन्न लागेको फिल्म ‘ज्वाइँ साब’को शीर्ष नायिकामा नीति शाह अनुबन्धित भएकी छन् । निर्माण पक्ष र अभिनेत्री तथा मोडल शाहबीच सोमबार औपचारिक सम्झौता भएको छ ।

यो फिल्ममा यसअघि जितु नेपाल फाइनल भइसकेका छन् । फिल्ममा नीतिले जितुसँग जोडी बाँध्ने निर्माताद्वारा प्रेषित विवरणमा उल्लेख छ । बसन्त निरौलाले निर्देशन गर्ने यो फिल्मको शीर्ष भूमिकामा यसअघि मुकुन भुसालको चर्चा थियो ।

जितु र नीति कास्ट भएपछि यी दुईको ‘पेयरिङ’ रोचक हुने अनुमान छ । राजकुमार पण्डितको निर्माणमा तयार हुन लागेको यो फिल्मको कथा पढेपछि काम गर्न आफू निकै उत्साहित भएको नीतिको भनाइ छ ।

फिल्म रेड आई फिल्म्सको प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण गर्न लागिएको हो । फिल्ममा मीनादेवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् । यो फिल्ममा सविन अधिकारीको कथा र शंकर धितालको पटकथा तथा संवाद हुनेछ ।

वैशाखको १५ गतेबाट छायांकन सुरु हुनेछ । प्रदर्शन मिति आगामी तिहारलाई फाइनल गरिएको छ । अभिनेत्री नीति शाहले यसअघि ‘खजुरे ब्रो’मा काम गरिसकेकी छिन् भने ‘रुखान’ उनले साइन गरेको अर्को फिल्म हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?