+
+

खर्च धान्न मुस्किल भएको भन्दै जितुले बन्द गरे ‘मुन्द्रेको कमेडी क्लब’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २२ गते ११:२७

काठमाडौं । हास्य कलाकार जितु नेपालले आफूले होस्ट गर्दै आएको टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा यसबारे जानकारी दिंदै उनले केही कारणले शो बन्द गर्नुपरेको उल्लेख गरेका छन् ।

यसबारे अनलाइनखबरले जितुसँग शो बन्द गर्नुको कारणबारे जिज्ञासा राखेको थियो । खर्च धान्न ग्राहो भएको र अब नयाँ शैलीको कार्यक्रम निर्माणका लागि बन्द गर्नुपरेको बताए । ‘यति धेरै खर्च गरेर अहिलेको अवस्थामा शो चलाउनै कठिन देखियो । नयाँ पाराको कार्यक्रम पनि ल्याउनुपर्‍यो,’ उनले भने ।

पछिल्लो समय यो शोको तेस्रो सिजन प्रसारण भइरहेको थियो । तेस्रो सिजनसम्म १८४ भाग प्रसारण भएको उनले जानकारी दिए । चाँडै दुई फिचर फिल्ममा आफू व्यस्त हुने र त्यसपछि नयाँ टेलिभिजन कार्यक्रम ल्याउने सोच बनाएको उनले बताए ।

जितुले तत्कालै एक फिचर फिल्म गर्दैछन् । त्यसपछि उनको लाइनअपमा दिनेश डीसीको अर्को फिल्म पनि छ । यसपछि टेलिभिजनमा फर्किने उनको तयारी छ । यसअघि २०७८ कात्तिकमा पनि उनले शो बन्द गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?