+
+

आर्थिक मन्दीका कारण सर्वसाधारण, सरकार र उद्योगी खर्च गर्न डराइरहेका छन् : सीएनआई

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते १७:०६

१८ असोज, काठमाडौं । मुलुकभित्र आर्थिक मन्दिका कारण सर्वसाधारण, सरकार र उद्योगी लगानी तथा खर्च गर्न डराइरहेको नेपाल उद्योग परिसंघले जनाएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमितिलाई बधाइ तथा शुभकामनासहित समसामयिक अर्थतन्त्रका विषयमा छलफल गर्न काठमाडौंमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले यस्तो ताएका हुन् ।

मुलुकको अर्थतन्त्र जटिल अवस्थामा रहेकाले सुधारका लागि सबैको प्रयासको खाँचो रहेको उनले बताए ।

विदेशी मुद्रा सञ्चितिमा दबाब पर्दा लिइएको नीति, कोभिड–१९ को असरबाट बाहिर निस्कन नपाउँदै प्रभावित क्षेत्रलाई दिइएको छुट तथा सुविधा एकै पटक हटाउँदा अर्थतन्त्र आजको अवस्थामा आइपुगेको उनको तर्क छ ।

आर्थिक मन्दीका कारण उद्योग व्यवसायी, सरकारलगायत सर्वसाधारण समेत खर्च गर्न डराएका कारणले माग घटेको भन्दै उनले अर्थतन्त्र चलायमान बनाउन बजारमा पैसा पठाउनुपर्नेमा बताए ।

उनले अर्थतन्त्रलाई थप जटिलतामा जानबाट रोक्न समयमै सुधार गरिनुपर्ने बताए । ‘अर्थतन्त्रलाई डीप डिप्रेसनमा जानबाट रोक्न समयमै सुधार गर्नुपर्छ, ढिलो गरी गरिने सुधारले काम नगर्न पनि सक्छ,’ उनले भने ।

अर्थतन्त्रलाई छिट्टै सुधारतर्फ लैजान सरकारले पूँजीगत खर्च गर्नुपर्ने, निर्माण व्यवसायीहरुलाई दिनुपर्ने भुक्तानी दिनुपर्ने उनले बताए ।

नेपाल राष्ट्र बैंकले प्रभावित क्षेत्रका लागि कर्जाको पुनर्संरचना र पुनर्कर्जाको पैसा दिनुपर्ने उनको भनाइ छ ।

सेजनका नवनिर्वाचित अध्यक्ष सुजन ओलीले व्यावसायिक वातावरण बनाउन सबै मिलेर काम गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?