+
+

प्रहरीका क्रिकेट खेलाडी सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते १९:२६

१८ असोज, काठमाडौं । चीनमा भइरहेको एसियाली खेलको क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै नेपाल प्रहरीले आफ्ना ५ जना क्रिकेट खेलाडीलाई सम्मान गरेको छ ।

नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच खेलाडीलाई सम्मान गरेका हुन् ।

सम्मानित हुने खेलाडीहरूमा नेपाल पुलिस क्रिकेट टिमका कप्तान दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, सागर ढकाल एवम् नेपाल प्रहरीमा आवद्ध करण केसी र गुल्सन झा छन् ।

उनीहरुलाई सम्मान गर्दै कुँवरले अन्तर्राष्ट्रिय स्तरका महत्वपूर्ण खेलकुद प्रतियोगिताहरूमा नेपाल प्रहरीको तर्फबाट सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शनका साथै प्राप्त गरेको सम्मान र सफलताको कारणले समग्र नेपाल प्रहरी संगठनको अस्तित्व र प्रतिष्ठा उँचो भएको बताए ।

प्रहरीले यसअघि प्रहरी जवान रहेका ऐरीलाई प्रहरी सहायक हवल्दारमा बढुवा पनि गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?