+
+

कैलालीमा साढे ३ किलो चरेससहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १९ गते ९:२६
Photo Credit : Nepal Police

१९ असोज, धनगढी । कैलालीमा साढे ३ किलो लागुऔषध चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोदावरी नगरपालिका–४ बाट बझाङको बुङ्गल नगरपालिका–२ घर भई कञ्चनपुरको कृष्णपुर बस्ने ३५ वर्षीय गोरे धामीलाई चरेससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बरालले धामीले चलाएको से २ प २८५७ नम्बरको मोटरसाइकल जाँच गर्दा चरेस फेला परेपछि उनलाई पक्राउ गरिएको बताए । उनको साथबाट साढे ३ किलो चरेस बरामद भएको बरालले बताए ।

धामीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?