+
+
फ्राइडे रिलिज :

हलमा लागे ‘वानर सेना’, ‘मिसन रानीगञ्ज’ र ‘प प्याट्रोल’

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १९ गते ११:५१

काठमाडौं । नेपालमा तीन नयाँ फिल्म रिलिज भएका छन् । नेपालको ‘वानर सेना’, बलिउडको ‘मिसन रानीगञ्ज’ र हलिउडको ‘प प्याट्रोल : द माइटी मुभी’ शुक्रबारबाट प्रदर्शनमा आएका छन् ।

केही सीमित हलमा रिलिज भएको नेपाली फिल्म ‘वानर सेना’लाई अर्पण गिरीले निर्देशन गरेका हुन् । फिल्ममा कामेश्वर चौरसिया, अर्जुन गुरुङ, सुरवीर पण्डित र आरजु प्रसाईंको मुख्य भूमिका छ । लभस्टोरी, एक्सन ड्रामा यो फिल्मको लम्बाइ दुई घण्टा नौ मिनेट छ ।

अक्षय कुमार स्टारर ‘मिसन रानीगञ्ज’ले भारतको एक कोइलाखानी दुर्घटनाको वास्तविक कथा पेश गर्छ । अक्षयले यसमा जसवन्त सिंह गिलको भूमिका निर्वाह गरेका छन् । कोइलाखानीमा थुनिएका ६५ मजदुरको उद्धारका लागि गिलले गरेको बहादुरीपूर्ण लडाइँको कथा फिल्ममा प्रस्तुत गरिएको छ ।

बायोग्राफी जनरामा राखिएको यो फिल्ममा परिणिती चोपडा र राजेश शर्माको पनि अभिनय छ । टिनु सुरेश देसाई निर्देशित फिल्मको लम्बाइ दुई घण्टा २० मिनेट छ ।

फ्यामिली र एड्भेन्चर जनरामा राखिएको हलिउड फिल्म ‘प प्याट्रोल : द माइटी मुभी’ एनिमेटेड फिल्म हो । एक चमत्कारी क्षुद्रग्रह एड्भेन्चर सहरमा खस्दैछ । यस्तोमा प प्याट्रोलसामु उक्त क्षुद्रग्रहलार्ई रोक्नु र जेलबाट भाग्ने योजनामा रहेको मेयर हमडिंगरलाई समेत निस्कन नदिनु चुनौती आइपर्छ । फिल्ममा यसको कथावस्तु प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?