+
+

शिक्षाले निर्माण गरेको वर्गबारे शिक्षा विधेयक बोलेन : विद्या भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १९ गते १४:०१

१९ असोज, काठमाडौं । नेकपा एमालेकी सांसद विद्या भट्टराईले प्रस्तावित विद्यालय शिक्षा विधेयक बिभिन्न कोणबाट अस्पष्ट रहेको बताएकी छन् ।

‘शिक्षाले वर्ग निर्माण गरेको छ । यो आम रुपमा उठेको प्रश्न हो’ शुक्रबार प्रतिनिधि सभाको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले भनेकी छन् । आम रुपमा उठेको प्रश्नबारे विधेयक मौन रहेको उनको भनाइ छ ।

सांसद भट्टराईले दोहोर्‍याएकी छन्, ‘शिक्षाले वर्ग निर्माण गरको छ । वर्ग निर्माण गरेको कुरालाई स्वीकार गरेर वर्ग समन्वय मात्रै होइन सामाजिक एकता कसरी काम गर्ने भन्ने विषयमा विधेयकमा केही पनि बोलेको छैन ।’

संविधानले शिक्षालाई निशुल्क र अनिवार्य भनेको उल्लेख गर्दै उनले यस विषयमा पनि विधेयक मौन रहेको भन्दै उनले प्रश्न उठाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?