+
+

विद्यालय शिक्षा विधेयकमा स्वार्थ समूह हावी भएको प्रदीप यादवको आशंका

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १९ गते १४:०९

१९ असोज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले प्रतिनिधि सभामा प्रस्तुत विद्यालय शिक्षा विधेयकमा स्वार्थ समूह हावी भएको आशंका गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभामा विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले भने, ‘यो विधेयक कहीँ निजी विद्यालयलाई पाल्नका लागि आएको त होइन ? सामुदायीक विद्यालयलाई विस्थापन गर्नका लागि आएको त होइन ? मैले यस्तो महसुस गरेको छु ।’ विधेयक बन्दै गर्दा निजी विद्यालय संचालकहरुले आन्दोलन गरेको स्मरण गर्दै सांसद यादवले थपे, ‘निजी विद्यालयको आन्दोलनमा सरकार घुँडा टेक्यो र सम्झौता गर्‍यो ।’

अब विधेयक सरकारको हातबाट संसदमा हातमा आएको उल्लेख गर्दै उनले विधेयकलाई समृद्ध बनाउन आवश्यक रहेको बताए ।

यो विधेयकमा स्वार्थ समूह हावी भएको उनले दोहोर्‍याए । ‘यसमा स्वार्थ समूह धेरै हावी भएको देख्यौं हामीले’ सांसद यादवले भनेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै मन्त्रिपरिषदबाट पारित भएको विधेयकमा आफ्नो जानकारीबिना हेरफेर भएको सार्वजनिक रुपमा बताएको उल्लेख गर्दै उनले प्रश्न गरे, ‘हाम्रो कानुन स्वार्थ समुहको कब्जामा त छैन ?, कहीँ सबै कानुन स्वार्थ समुहले बनाइरहेको त छैन ? कुनै ठूलो षडयन्त्रकारीहरुको हात त छैन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?