
३ वैशाख, काठमाडौं। विद्यालय शिक्षा विधेयकको ९६ वटा दफामा दफावार छलफल सकिएको छ । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिले मंगलबारसम्म ९६ वटा दफामा छलफल सकाएको हो ।
‘आज चार वटा दफा पारित भएको छ । सबै गरेर ९६ वटा दफा सकियो । जसमध्ये १०–१२ वटा दफा पारित हुन बाँकी छ,’ समिति सचिव दशरथ धमलाले भने।
उनका अनुसार करिब १२५० वटा संशोधनमाथि पनि छलफल सकिएको छ । बिहीबारदेखि निजी विद्यालय र शिक्षकको विषयमा छलफल हुने भएको छ ।
सबैभन्दा पेचिलो बनिरहेको विषय पनि निजी विद्यालय र शिक्षकको विषय हो ।
शिक्षकले आफ्ना माग मुद्दा ऐनमा समावेश गर्न र शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा आन्दोलन गरिरहेका छन् । शिक्षकको माग सम्बोधन गर्न आगामी अधिवेशनमा संसदमा पेस गर्नेगरी उपसमितिले छलफल गरिरहेको छ ।
प्रतिक्रिया 4