+
+

थाहा नगरपालिकामा पहिलो पटक नगर प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १९ गते १५:००

१९ असोज, काठमाडौं । मकवानपुरको थाहा नगरपालिकाले पहिलो पटक नगर प्रहरी भर्ति गरेको छ । राज्य पुनः संरचनापछि नगरपालिका बनेको थाहामा १० जना नगर प्रहरीहरु भर्ति भएका हुन् ।

बजार व्यवस्थापन, अग्नि नियन्त्रण, छाडा पशुव्यवस्थापन, सरसफाई तथा आपतकालिन उद्दारको काम गर्नको लागि नगर प्रहरी नियुक्त गरेको नगरपालिकाका सूचना अधिकारी सुरज भुजेलले जानकारी दिए ।

लिखित र मौखिक र शारीरिक परीक्षा पास भएका नगर प्रहरीलाई इलाका प्रहरी कार्यालय पालुङले १० दिने आधारभुत प्रहरी प्रशिक्षण दिएपश्चात नगरपालिकाले पद तथा गोपनियताको सपथ गराएर आजबाट काममा खटाएको भुजेलले बताए । प्रहरीले खाली हात लडाइँ, जनसम्पर्क र सुरक्षाको विषयमा आधारभूत तालिम दिएका थिए ।

एक सहायक नगर प्रहरी निरीक्षक, दूई हवल्दार र ७ जवान नगर प्रहरीहरुलाई प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले दज्र्यानी चिन्ह प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?