+
+

संगीतकार दीपक शर्माले ल्याए करोड पटक हेरिएका ११ गीतको संग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १९ गते १६:५०

काठमाडौं । संगीतकार दीपक शर्माले युट्युबमा एक करोडभन्दा बढी पटक हेरिएका आफूद्वारा संगीतबद्ध ११ गीतको संग्रह सार्वजनिक गरेका छन् । शुक्रबार आयोजित समारोहमा उनले आधुनिक र लोकपप गीतको संग्रह सार्वजनिक गरे ।

संगीतकार शर्माका बुबा हरिलाल जैसी, गायक रामकृष्ण ढकाल, गीतकार डब्बु क्षेत्री, गीतकार राधिका अधिकारी र संगीतकार शर्मा आफैंले यो ‘कलेक्सन’ सार्वजनिक गरेका हुन् ।

१० करोड पटक हेरिएको ‘पिरेम नलाउने’सहितका ११ अन्य हिट गीत संग्रहमा समावेश छन् । जसमा सञ्जीवन पराजुलीको स्वर समावेश ‘मलाई पीर’, प्रमोद खरेलको स्वरमा रहेको ‘छुट्टिएर तिमीसँग’, मेलिना राई र पदम राईको स्वरको ‘पछिपछि लागेर’, रुपेश चन्द्रको स्वर रहेको ‘बालखैमा दिल बस्यो’, सरोज ओली र मेलिना राईको स्वर रहेको ‘ए है माया’ गीत संग्रहित छन् ।

साथै, सरोज ओली र मेलिना राईको स्वरको अर्को गीत ‘जुनी खै कुन्नि’, मेलिना राई र राजेशपायल राईको स्वरको ‘फूल फूलेको वन’, सहिमा श्रेष्ठसँगै सन्दीप न्यौपानेको स्वरको ‘ओकल दोकल’, धुव्र बिस्को र साहिमा श्रेष्ठको स्वर रहेको ‘सिल्की कपाल’, मेलिना, रचना, अस्मिता, एलिनाको स्वर रहेको ‘आयौ चेली’जस्ता एक करोडभन्दा बढी भ्युज पाएका गीत संग्रहित छन् ।

छोराको गीति संग्रह सार्वजनिक गर्न पाउँदा खुसी लागेको संगीतकार शर्माका बुवा हरिलाल जैशीले बताए । गायक ढकालले अहिलेको पुस्ताका संगीतकारमा सबै गीतलाई हिट बनाउने नायकको रुपमा संगीतकार शर्मा परिचित रहेको बताए ।

लोकलयमा आधारित गीत-संगीत सिर्जना गर्ने भएकाले पनि दीपकद्वारा संगीतबद्ध गीत करोड क्लबमा पुग्ने गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?