+
+

रिलिज हुन एक साता बाँकी छँदै टेलर स्वीफ्टको फिल्म बन्यो ब्लकबस्टर

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १९ गते १८:०५

काठमाडौं । टेलर स्वीफ्टको इरास टुर फिल्म हलमा आउन एक साता बाँकी हुँदै ब्लकबस्टर बनेको छ । वितरण कम्पनी एएमसीले फिल्मको विश्वव्यापी अग्रिम टिकट बिक्री १०० मिलियन अमेरिकी डलर रहेको जनाएको छ ।

फिल्म घोषणा भएदेखि नै टिकटको माग अविश्वसनीय रहेको एमएसीले जनाएको छ । फिल्मलाई एकै दिनमा सबैभन्दा धेरै टिकट बिक्रीको रेकर्ड तोड्न २४ घण्टाभन्दा कम समय लागेको कम्पनीले जनाएको छ ।

यो फिल्म जस्टिन बिबरको ‘नेभर से नेभर’लाई उछिनेर इतिहासको सबैभन्दा नाफा कमाउने कन्सर्ट फिल्म बनेको छ । कन्सर्टका फुटेज मिश्रण गरिएको जस्टिन बिबरको उक्त कन्सर्ट फिल्म सन् २०११ मा रिलिज भएको थियो र यसले ९९ मिलियन डलर रहेको जनाइएको छ ।

स्विफ्टको ग्लोबल टुर सन् २०२४ को जुन अन्त्यसम्म जारी रहने जनाइएको छ । यो पनि इतिहासकै भव्य फिल्म बन्ने बाटोमा अग्रसर छ । कन्सर्टको स्टेडियम टिकट बिक्री १.४ बिलियन डलर पुग्न सक्छ । यो कमाइसँगै इरास टुरले जोन एल्टनको फेयरवेल कन्सर्टको रेकर्ड तोड्न सक्ने प्रक्षेपण गरिएको छ ।

इरास टुर फिल्म आगामी शुक्रबार १०० भन्दा बढी मुलुकमा शुक्रबार प्रदर्शन हुँदैछ । विश्लेषकका अनुसार फिल्मले अग्रिम टिकट बिक्रीको अतिरिक्त उत्तर अमेरिकामा ओपनिङ सप्ताहन्तमा अर्को १०० मिलियन डलर कमाउन सक्छ ।

बार्बी, द सुपर मारियो ब्रदर्स मुभी र स्पाइडर म्यान : एक्रोस द स्पाइडर-भर्ससहित पाँचवटा फिल्मले यस वर्ष उत्तर अमेरिकामा डेब्यु गर्दा १०० मिलियन डलर भन्दा बढी कमाइ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?