+
+

लुम्बिनीका अर्थमन्त्री मास्की सवार गाडी दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २२ गते १७:४६

२२ असोज, दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की चढेको गाडी सोमबार दिउँसो दुर्घटनामा परेको छ ।

राप्ती राजमार्ग अन्तरगत तुलसीपुरबाट अमेलिया हुँदै देउखुरीस्थित मन्त्रालयतर्फ जाँदै गरेको लु १ झ ७३८ नम्बरको गाडी तुलसीपुर-१२ सितलपुरको घुम्तीमा दिउँसो चार बजेतिर दुर्घटनामा परेको हो ।

अर्थमन्त्री मास्कीका प्रेस संयोजक दीपक बोहराका अनुसार दुर्घटनामा अर्थमन्त्री मास्की, स्वकीय सचिव शम्भु पौडेल, पिएसो मनबहादुर थिडी, चालक मनबहादुर बंशी मगर सामान्ने घाइते भएका छन् ।

घाइते सबैको हात खुट्टामा सामन्य चोट लागेको छ ।

अर्थमन्त्रीसहित चारै जना घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

सडकमा आएको बच्चा जोगाउने क्रममा गाडी सडकबाट बाहिर गएको चालकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?