+
+

फागुन २५ मा ‘दयाहाङ भर्सेस दयाहाङ’

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते १३:२२
फाइल तस्वीर

काठमाडौं । अहिलेका व्यस्त अभिनेता दयाहाङ राईलाई अर्को एक समस्या आइलागेको छ । त्यो हो, उनी अभिनित फिल्म एकै मितिमा रिलिज हुनु । गत वैशाख १ मा उनका दुई फिल्म ‘बिहेपास’ र ‘जारी’ एकसाथ रिलिज भए ।

आउँदो फागुन २५ गते यो परिस्थिति दोहोरिंदैछ । यसपटक त दयाहाङ मात्र होइन, मिरुना मगरको समेत फिल्म जुध्दैछ । यी दुई कलाकारलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘रंगेली’को फिल्म छायांकन पूर्वी नेपालमा चलिरहेको छ ।

मंगलबार मात्रै अनन्या फिल्म्सले दयाहाङ र मिरुनालाई शीर्ष भूमिकामा लिएर फिल्म ‘लोकल हिरो’को घोषणा गरेको छ । अब अन्तिम समयसम्म निर्माताबीच कुनै सहमति नजुटे यी दुई फिल्म एकै मितिमा प्रदर्शनमा आउनेछन् ।

एकै मितिमा आफ्ना दुई फिल्म जुध्ने भएपछि दयाहाङलाई हैरानी भएको छ । उनले आन्तरिक रुपमा निर्मातालाई त्यसो नगर्न आग्रह गरेको खबर छ । ‘लोकल हिरो’का निर्माता सरोज न्यौपानेले आफ्नो फिल्म उक्त मितिमा रिलिज हुने बताएका छन् । यो फिल्म तिहारलगत्तै छायांकनमा जाने तयारीमा छ ।

फागुन २५ मा नवल खड्काको फिल्म ‘काँडेतार’ पनि प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?