+
+

रुनी बर्मिङघमको नयाँ प्रशिक्षक नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते २२:०३

काठमाडौं । बर्मिङ्घम सिटीले वायन रुनीलाई नयाँ म्यानेजर नियुक्त गरेको छ । च्याम्पियनसिप क्लब बर्मिङ्घमले इङ्ल्यान्डका पूर्व कप्तान ३७ वर्षीय रुनीसँग बुधबार साढे ३ वर्षको सम्झौता गरेको छ ।

रुनीले सोमबार बर्खास्तीमा परेका जोन युस्टेसको स्थान लिनेछन् ।

बर्मिङघमका नयाँ अमेरिकन मालिक सेल्बी कम्पनीजले जुलाईमा क्लब लिएपछि क्लबमा पहिलो म्यानेजर परिवर्तन भएको हो । ‘वायन जन्मजात विजेता हुन्’ बर्मिङघमका सहमालिक तथा चियरम्यान टम वागनरले भने ।

रुनीलाई क्लब इंग्ल्याण्डकै पूर्व सहकर्मी एस्ले कोस र युनाइटेडका पूर्व सहकर्मी जो ओ शाहले सघाउने छन् ।

यस्तै डीसी युनाइटेडमा सँगै काम गरेका कार्ल रोबिनसन र पिटे सटलवर्थ पनि रुनीको ब्याकरुम स्टाफको रुपमा रहनेछन् ।

म्यानेजरको रुपमा यो रुनीको तेस्रो क्लब हो । च्याम्पियनसिप क्लब डर्बी काउन्टीबाट प्रशिक्षण करियर सुरु गरेका रुनीले अमेरिकन मेजर सकर लिग (एमएसएल) क्लब डिसी युनाइटेड हेरेका थिए । उनले आइतबार मात्रै डीसी युनाइटेड छाडेका थिए ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?