+
+

कैद मिनाहा पाएका रिगल ढकालविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते ११:२७

२५ असोज, काठमाडौं । संविधान दिवसका अवसरमा कैद मिनाहा पाएका  योगराज (रिगल) ढकालविरुद्धको मुद्दा आज सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासले मुद्दाको सुनुवाइ गर्नेछ ।

गैरकानूनी रुपमा कैद मिनाहा गरी  रिगललाई रिहा गरिएको भन्दै भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी छन् ।

उनले राष्ट्रपति कार्यालयबाट संविधान दिवसका अवसरमा भएको कैद छुटको निर्णय बदर भई रिगललाई फेरि कैद पठाउनुपर्ने माग गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?