+
+

देशलाई लागुऔषधमुक्त बनाउन सबै लाग्नुपर्छ : उपप्रधानमन्त्री खड्का

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १४:१०

२५ असोज, सुर्खेत । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सबैको प्रयासबाट मुलुकलाई लागूऔषधमुक्त बनाउनुपर्ने बताएका छन् ।

बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश प्रहरीले सुरु गरेको लागु औषधविरुद्धको लालटिन अभियानको सुरुवात गर्दै उनले लागुऔषधले घर, समाज र सिंगो राष्ट्रलाई नै असर पारेको धारणा राखे ।

‘सबैको साझा सङ्कल्प र प्रयत्नबाट घर, समाज र राष्ट्रलाई लागूऔषधमुक्त बनाउन सकिन्छ । यस्का हामी सबैले संकल्प गर्नु आवश्यक छ’, उपप्रधानमन्त्री खड्काले भने ।

उनले नाकामा हुने लागूऔषध ओसार–पसार नियन्त्रणका लागि तीन तहकै सरकार र सामाजिक संघ–संस्थाको महत्वपूर्ण भूमिका हुने बताए । खड्काले लागु औषधको दुर्व्यसनमा  १६ देखि २६ वर्ष उमेर समूहका धेरै युवा प्रभावित रहेको तथ्याङ्क रहेको उल्लेख गर्दै उर्बर उमेरमा कुलतमा फस्नु राष्ट्रका लागि घातक भएको बताए ।

कर्णालीका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्ण जिसीले अपराध नियन्त्रणमा सुरक्षा निकायलाई नागरिकको साथ जरुरी रहेको बताए । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले सेवाग्राही मैत्री सेवा, यात्रु सहायता, आत्महत्यालाई निरुत्साहन, लागूऔषध नियन्त्रण, दुर्घटना न्यूनीकरणलगायत १४ क्षेत्रमा नागरिक केन्द्रित कार्ययोजना बनाएर काम गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?