 
																						२५ असोज, विर्तामोड । नेकपा एमालेका नेता महेश बस्नेतलाई प्रमुख अतिथि बनाएर झापाको अर्जुनधारामा कार्यक्रम गर्न खोज्दा तनाव सिर्जना भएको छ ।
बस्नेतलाई झापा आउने थाहा पाएपछि व्यवसायी दुर्गा प्रसाईं पनि त्यहाँ पुगेका थिए । त्यसपछि प्रसाईंका कार्यकर्ता र कोशी प्रदेश नामाङ्कनमा विरोध जनाइरहेकाहरुले कार्यक्रम बिथोल्ने प्रयास गर्दा तनावको स्थिति सिर्जना भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीका अनुसार, परिस्थिति बिग्रिन नदिन प्रहरीले विभिन्न ठाउँमा विरोधका लागि निस्किएकाहरुलाई रोकेको थियो । त्यसक्रममा लाठी चार्ज र दुई राउण्ड अश्रुग्याँस समेत प्रहार गर्नु परेको प्रहरीले जनाएको छ ।
प्रहरीसँग घम्साघम्सी भएपछि विरोधका लागि निस्किएकाहरु एमालेको कार्यक्रम स्थलसम्म त पुग्न पाएनन् । तर, कार्यक्रम स्थल आसपास पार्क गरेर राखिएका गाडीहरुमा तोडफोड गरेका छन् ।
‘प्रहरी उनीहरुलाई रोक्नतिर व्यस्त रहँदा कार्यक्रमस्थलभन्दा ८/९ सय मिटर वर रहेका गाडीहरुमा तोडफोड भए’, रेग्मीले अनलाइनखबरसँग भने, ‘कार्यक्रमस्थल साँघुरो भएकाले केही पर गाडीहरु पार्क गरिएका रहेछन्, यसमा संलग्नको खोजी गरिरहेका छौं ।’
इलाका प्रहरी कार्यालय, अनारमनीले तोडफोडमा संलग्न रहेको आशंकामा एक जना शंकास्पदलाई नियन्त्रणमा लिएको छ । यद्यपि, उनको संलग्नता पुष्टि भइनसकेको प्रहरी अधिकृतहरु बताउँछन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4