+
+

सर्लाही र बाँकेका सिडिओपछि प्रहरी प्रमुख पनि फेरिए

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते २०:५२

२५ असोज, काठमाडौं । धार्मिक र साम्प्रदायिक दंगा मुख्य सुरक्षा चुनौती देखिएका दुई जिल्लामा प्रमुख जिल्ला अधिकारीसँगै प्रहरी नेतृत्व पनि परिवर्तन गरिएका छन् ।

गृह मन्त्रालयले बिहीबार बिहान सर्लाही र बाँकेका प्रमुख जिल्ला अधिकारीलाई हटाएर नयाँ सिडिओ पठाएको थियो । सर्लाहीमा कोमलप्रसाद धमला र बाँकेमा श्रवणकुमार पोखरेल पठाइएका थिए ।

लगत्तै प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी प्रमुखलाई पनि जिम्मेवारीबाट हटाएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेमा सुवासचन्द्र बोहरालाई पठाइएको छ भने जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा प्रविण धिताललाई पठाइएको प्रधान कर्यालय स्रोतले बताएको छ ।

यसअघि बाँकेमा सन्तोषसिंह राठौर र सर्लाहीमा नरेशराज सुवेदी प्रहरी प्रमुख थिए । सर्लाहीको मलङ्गवा र बाँकेको नेपालगञ्जमा धार्मिक विषयलाई लिएर तनाव सिर्जना हुँदा प्रशासनले कर्फ्यू आदेश समेत जारी गर्नुपरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?