+
+

कोशीको घटनाक्रमलाई नजिकबाट नियाल्ने राप्रपाको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २६ गते ११:०५

२६ असोज, काठमाडौं । राप्रपाले कोशीको विकसित राजनीतिक घटनालाई नजिकबाट नियाल्ने बताएको छ ।

राप्रपाले कोशीमा सरकार गठनबारे छलफल गर्न शुक्रबार बिहान पदाधिकारी बैठक बोलाएको थियो । तर, बिहीबार नै कांग्रेसका केदार कार्कीले आफ्ना दलका ८ र एमालेका ३९ प्रदेश सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेपछि कोशीको घटनाक्रमले अर्कै मोड दिएको छ ।

माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले पनि मुख्यमन्त्री दाबी पेस गरेका छन् । तर, आङ्बोले कांग्रेससहित सत्ता गठबन्धनमा रहेका चार दलका संसदीय दल नेताको मात्र हस्ताक्षर बुझाएकाले कार्कीको दाबी बलियो देखिएको छ ।

कार्कीले बुझाएका प्रदेश सांसदहरुले हस्ताक्षर दुरुपयोग भयो पनि नभनेकाले उनी नै मुख्यमन्त्री बन्ने राप्रपा नेताहरुको विश्लेषण छ ।

बैठकले सरकारबारे कुनै निर्णय नगरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ‘दुवै पक्षले ४७/४७ को समर्थन रहेको भनेर दाबी गरेकाले हामीले कुनै निर्णय लिनु परेन,’ उनले भने ।

कोशीमा विकसित हुने घटनाक्रमलाई नजिकबाट हेर्ने र अब विश्वासको मत लिने बेला के गर्ने भन्ने थप छलफल गरेर निर्णय लिने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?