+
+

सशस्त्र र एसएसबीबीच बैठक, अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २७ गते १८:३६

२७ असोज, विराटनगर । सीमा सुरक्षा र अपराध नियन्त्रणका विषयमा मोरङको विराटचोकमा बाहिनीस्तरीय नेपाल–भारत सीमा  सुरक्षा समन्वय बैठक बसेको छ  ।

शनिबार नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी) का अधिकारीबीचको बैठकले सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रण गर्न सहकार्य गर्ने सहमति गरेको छ ।

सीमा क्षेत्र लक्षित दुई देशीय सुरक्षा संवेदनशीलताका विषयमा गम्भीर ढंगले छलफल भएको बैठकमा सीमा अपराध नियन्त्रणका लागि सहकार्य र समन्वयलाई प्राथमिकतामा राख्ने  प्रतिवद्धता प्रहरी अधिकृतहरुले जनाएका छन् ।

नेपालका तर्फबाट सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी अञ्जनीकुमार पोखरेल र भारतका तर्फबाट सिलिगुडीस्थित एसएसबीका डीआईजी डीबी सोनारले बैठकको नेतृत्व गरेका थिए ।

बैठकमा सीमा अपराध, अवैध गतिविधि, भन्सार चोरी निकासी, सीमामा हुने अवाञ्छित गतिविधि, दशगजाको अतिक्रमण, लागूऔषध, मानव बेचबिखन एवं ओसारपसार नियन्त्रण तथा रोकथामका विषयमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?