+
+

कोशीका मुख्यमन्त्री काठमाडौंमा, विमानस्थलबाट सोझै पुगे शेखर निवास

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २७ गते १९:२०

२७ असोज, काठमाडौं । कोशीका मुख्यमन्त्री केदार कार्की काठमाडौं आएका छन् । शनिबार प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको नियुक्ति पाएपछि उनी काठमाडौं आएका हुन् । काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण भएपछि उनी कांग्रेस नेता शेखर कोइरालाको निवासमा पुगेका छन् ।

मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिँदैछन् । शपथ लिनुअघि उनी नेताहरु भेट्न काठमाडौं आएका हुन् ।

एमालेका ३९ सांसद र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई एमालेलाई पनि सरकारमा सहभागी गराउनुपर्ने बाध्यता छ । तर आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच सत्तारुढ गठबन्धनप्रति प्रतिवद्ध रहने सहमति भएको छ । यही अप्ठेरोका बीच मुख्यमन्त्री कार्की नेताहरुसँग छलफल गर्न काठमाडौं आएका स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?