+
+

नागेल्स्म्यानको सुखद सुरुआत, जर्मनीले अमरिकालाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २८ गते ८:१३

२८ असोज, काठमाडौं । जर्मनीको व्यवस्थापकको रुपमा जुलियन नागेल्स्म्यानले सुखद सुरुआत गरेका छन् । जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शनिबार राति अमेरिकालाई ३-१ ले पराजित गरेको छ ।

एक गोलले पछि परेको जर्मनीले पुनरागमन जित निकालेको हो ।

क्रिस्टियन पुलिसिकले २७औं मिनेटमा गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए । तर, इल्के गुन्डोगानले ३९औं मिनेटमा जर्मनीका लागि बराबरी गोल फर्काए । निकलस फुलबर्गले ५८औं र जमल मुसिएलाले ६१औं मिनेटमा गोल गरेपछि जर्मनीले सहज जित हात पारेको हो ।

लगातार खराब प्रदर्शन गरिरहेको जर्मनीलाई यो जितले केही राहत दिएको छ ।

खराब नतिजापछि सेप्टेम्बरमा हान्सी फ्लिकलाई बर्खास्त गर्दै जर्मनीले नागेल्स्म्यानलाई २०२४ जुलाईसम्मको लागि अनुबन्ध गरेको छ । जापानसँग अप्रत्यासित रुपमा ४-१ ले पराजित भएपछि फ्लिक बर्खास्तीमा परेका थिए ।

आयोजकको रुपमा युरो कप २०२४ मा छनोट भइसकेको जर्मनीले मंगलबार फिलाडेल्फियामा मेक्सिकोसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?