+
+

विश्वचर्चित इरानी फिल्म निर्देशक मेहरजुई र पत्नीको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २८ गते १७:३५

काठमाडौं । विश्वचर्चित इरानी फिल्म निर्देशक दारियुस मेहरजुई र उनकी पत्नीको हत्या भएको छ । राजधानी तेहरान बाहिरको क्षेत्रमा उनीहरुको छुरा प्रहार गरी हत्या गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इरानको राज्य नियन्त्रित मिडिया आईआरएनएले न्यायपालिका अधिकारी होसेन फाजेलीलाई उद्धृत गर्दै जनाएअनुसार मेहरजुई र उनकी पत्नी, वहिदेह मोहम्मदीफरलाई शनिबार राति आफ्नो घरमा आफ्नो बुबालाई भेट्न गएकी निर्देशककी छोरी मोना मेहरजुईले घाँटीमा चक्कुले चोट लगाएर मृत फेला पारेकी थिइन् ।

आक्रमणकारीको पहिचान हुन सकेको छैन । अधिकारीहरुले हालैका सातामा सामाजिक सञ्जालमा पीडितलाई चक्कु प्रहारको धम्की दिनेहरुको अनुसन्धान गरिरहेका छन् ।

८३ वर्षीया मेहरजुईले सन् १९६० को सुरुमा अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयमा फिल्म कार्यक्रममा भाग लिएका थिए । त्यसपछि सन् १९७० को दशकको प्रारम्भमा इरानको सामाजिक यथार्थवादको नयाँ लहरको सहसंस्थापकको रूपमा उनी चिनिए ।

सन् १९६९ मा रिलिज भएको फिल्म ‘द काउ’ले इरानी फिल्ममा नयाँ युगको सुरुवात गरेको थियो । इरानको एक गाउँमा सेट गरिएको यो फिल्मले गाउँको एक मात्र गाई गुमाएको गाउँको पीडा व्यक्त गर्छ । उनका पछिल्ला फिल्म जसमा सन् १९९६ को ‘लेला’ समावेश छ, जसले इरानमा विवाहको विभिन्न अवधारणालाई हेर्छ । सन् २००२ को फिल्म ‘बेमानी’ले इरानको अति रूढीवादी समाजमा सामान्य जीवन बिताउन संघर्ष गरिरहेका प्रान्तीय महिलाको बारेमा प्रकाश पार्छ ।

मेहरजुईका धेरै प्रशंसित पुरस्कारमध्येमा सिकागो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलबाट रजत ह्युगो र सान सेबास्टियन अन्तर्राष्ट्रिय फिल्म महोत्सव १९९८ मा गोल्डेन सिशेल समावेश छन् । सन् २००५ मा मेहरजुईले फ्रान्समा भएको भेसोल इन्टरनेशनल फिल्म फेस्टिभल अफ एशियन सिनेमाको निर्णायक मण्डलको अध्यक्षता गरेका थिए ।

‘हामीले भर्खरै इरानी फिल्म निर्देशक दारियुश मेहरजुई र उनकी श्रीमतीको दुःखद मृत्युको बारेमा थाहा पायौं । उनीहरुलाई निर्ममतापूर्वक मारेका छन्,’ भेसोलका निर्देशक जीन–मार्क थेरोउनेले एक विज्ञप्तिमा भने, ‘द काउ’, ‘लेला’ र ‘बेमानी’लाई भेसोलमा प्रदर्शन गरिएको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?