+
+

कोशी प्रकरणमा देउवा र शेखरलाई विश्वप्रकाशको आग्रह : अब तपाईंहरु बदलिनुस्

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २८ गते १७:५३

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रकरणमा सभापतिसँगै नेता शेखर कोइरालामाथि प्रश्न उठाएका छन् ।

सभापति शेरबहादुर देउवा र नेता शेखर दुवैको शैलीले पार्टीको हित नगर्ने भन्दै उनले दुवै नेतालाई बदलिन आग्रह गरेका छन् ।

कोशीको गणितीय जटिलता र पहिचानको आन्दोलनलाई सम्बोधन गर्न आफू र अर्का महामन्त्री गगनकुमार थापाले एमालेसहित समाधान खोज्ने, तर गठबन्धन जोगाउने प्रस्ताव राखेको स्मरण गर्दै उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सहकार्यको संस्कृति पालना गर्न हामीलाई निर्वाचनले नै निर्देशित गरेको स्थिति हो ।’

एक्लै कुन दलले सरकार बनाउन नसक्ने अवस्थामा नेतृत्वले निरन्तर संवाद गर्नुपर्ने उनको भनाइ छ । महामन्त्री शर्माले भनेका छन्, ‘व्यक्ति चयनमा संस्थागत प्रक्रिया न सभापतिले अपनाउनुभयो, न फरक विचार समूहको नेताले आफ्नो समूहभित्र साझा मत खोज्नुभयो ।’

उनले अगाडि लेखेका छन्, ‘थोरै फरक, करिब उस्तै शैलीले पार्टीको हित हुन्न । जमाना बदलिएको छ, अब तपाईंहरु बदलिनुस् ।’ आफूहरु पनि बदलिन तयार रहेको भन्दै उनले भनेका छन्, ‘पार्टीको हित तपाईं हामी बदलिनुमा सन्निहित छ ।’

कोशीमा तत्कालीन संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने प्रयास असफल भएपछि देउवाले माओवादीका इन्द्र आङ्बोलाई समर्थन गरेका थिए ।

तर शेखर निकट केदार कार्कीले आफ्ना दलका ८ र एमालेका ३९ प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्री दाबी गरे । उनको पक्षमा बहुमत भएपछि उनी मुख्यमन्त्री नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?