
२८ असोज, काठमाडौं । इजरायल र हमासबीचको संघर्ष तथा गाजाका बारेमा छलफल गर्न साउदी अरबले इस्लामिक देशहरूको बैठक बोलाएको छ ।
साउदीले अर्गनाइजेशन अफ इस्लामिक कोअपरेशन ओआईसीको बैठक बोलाएको हो ।
एक हप्ताअघि गाजाको विद्रोही संगठन हमासले इजरायलमा आक्रमण गरेपछि त्यहाँ युद्धको स्थिति छ ।
इजरायलले गाजाको आधा भूभाग खाली गर्न स्थानीयबासिन्दालाई निर्देशन दिएको छ ।
५७ वटा इस्लामिक देश सदस्य रहेको ओआईसीको बैठकमा मध्यपूर्वको स्थिरिता र सुरक्षाका बारेमा पनि छलफल हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
बैठकमा ५७ वटै सदस्य देशका विदेशमन्त्री सहभागी हुने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4