+
+

छिन्नमस्तामा यो पटक तीर्थालु बढ्दै, १० लाख आउने आकलन

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २८ गते २०:२६

२८ असोज,काठमाडौं । अघिल्लो पटक सिमानाकामा कडाई र कोरोनाको डरले भारतीय तीर्थयात्री कम आएका छिन्नमस्ता शक्तिपीठमा यो पटक भक्तजन बढ्ने भएको छ ।

सप्तरीको प्रसिद्ध धार्मिक स्थल छिन्नमस्ता(सखडा)शक्तिपीठमा करिब १० लाख भक्तजन आउने भएका हुन् ।

छिन्नमस्ता गाउँपालिका–३ मा पर्ने शक्तिपीठमा दशैंको पहिलो दिनदेखि भीड सुरु भएको हो । अघिल्लो पटक कोरोनाको डर र भारतीय सिमामा कडाईको कारण आउन नपाएको भक्तजनहरु यो पटक आउँदा ठूलो संख्यामा भीड लाग्ने भएको गाउँपालिकाले जनाएको छ ।

‘दशैंमा नेपाल तथा भारतको विभिन्न ठाउँबाट करिब १० लाख भक्तजन आउने आकलन गरेका छौैं, भक्तजनहरु आउन सुरु भइसकेको छ,’ छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानाथ चौधरीले अनलाइनखबरसँग भने ।

उनले यो पटक अन्य समयमा भन्दा व्यवस्थित रुपमा दशैंमा हुने पुजा, आरधानामा आउने भक्तजनलाई व्यवस्थापन गर्ने बताएका छन् । गाउँपालिकाले मन्दिर समिति र जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय प्रमुख, जिल्ला प्रहरी कार्यालय प्रमुख, उपप्रमुख, सशस्त्र प्रहरी प्रमुख, इलाका प्रहरी कार्यालय लगायतसँग छलफल गरेर सुरक्षा योजना समेत बनाएको छ ।

‘दशैँभरि मन्दिर आसपासमा साँझ ७ बजेदेखि वितरणमा पूर्णरोक लगाउने, अन्य समयमा मदिरा खाएर हल्ला गरे तत्काल कारबाही गर्ने, मन्दिर व्यवस्थापनको लागि नेपाल प्रहरी खटाउने लगायत निर्णय गरिएको छ,’अध्यक्ष चौधरीले भने ।
अघिल्लो वर्षहरुमा भन्दा यो पटक कडा सुरक्षा व्यवस्था, एम्बुलेन्स र स्वास्थ्यकर्मी परिचालन गरेको चौधरीले बताए । ‘यो वर्ष ठूलो संख्यामा भक्तजन आउने भएका छन् । भारतबाट आउने भक्तजनहरुलाई भारतीय नम्बर प्लेटको गाडी मन्दिर आउनलाई रोक नलगाउने समेत भएको छ’ चौधरीले भने ।

गाउँपालिकाले सप्तरीको पहिचान बनेको छिन्नमस्तालाई आन्तरिक र बाह्य धामिर्क पर्यटक ल्याउने गन्तव्यको रुपमा विकास गरिरहेको छ । गाउँपालिकाको अघिल्लो साता मन्दिर व्यवसाथपन समितिसँग खर्च र आम्दानीको विवरण खोजेको थियो ।

शक्तिपीठको मुकुट फेरिएको विषयमा गाउँपालिकाले लिखित जवाफ माग गरेको थियो । भारतीय सिमनाबाट २ किलोमिटर मात्रै उत्तर तर्फ पर्ने छिन्नमस्तामा नेपाल र भारत गरी वर्षमा ३० लाखसम्म धर्मावलम्बी आउने गरेका छन् । ती मध्ये सबैभन्दा धेरै विजयादशमीमा आउने अध्यक्ष चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?