१६ पुस, सप्तरी। नेपाल प्रिमियर लिग (एनपीएल)का विजेता टोली जनकपुर बोल्टसलाई सप्तरीको छिन्नमस्ता गाउँपालिकामा नगदसहित सम्मान गरिएको छ।
गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले मंगलबार विजेता टोलीलाई नगद १ लाख ५ हजारसहित दोसल्ला र मिथिलाको पाग लगाएर सम्मान गरेका हुन्।
टिम प्रबन्धक उत्सव सिग्देल तथा कप्तान ललित राजवंशीलाई उनले चेक हस्तान्तरण गरे।
सो अवरमा अध्यक्ष चौधरीले एनपीएलको प्रथम संस्करणमा ट्रफी हात पार्न सफल भएका जनकपुर बोल्टस टिमलाई बधाई र स्वागत गर्न पाउँदा आफू गौरवान्वित भएको बताए ।
‘विजेता टोलीलाई स्वागत गर्न पाउनु छिन्नमस्तावासीका लागि गर्वको कुरा हो’ उनले भने।

नेपाल प्रिमयर लिगले क्रिकेट खेलको विकासका साथै युवाहरुलाई प्रेरणा, राष्ट्रिय एकता तथा सकारात्मक बाटोमा हिड्ने प्रेरणा र उर्जा समेत प्रदान गरेको अध्यक्ष चौधरीको भनाइ छ ।
यसैबीच खेलाडीहरुले छिन्नमस्ता भगवती मन्दिरमा विषेश पूजा गरेका छन्।
खेलाडीहरुको स्वागतका लागि गाउँपालिकाका अध्यक्ष वचौधरी, उपाध्यक्ष राजुदेवी यादव, मन्दीरका पीठाधिश महाकान्त ठाकुरका साथै ठूलो संख्यामा सर्वसाधारण उपस्थित भएका थिए।
 
                    










 २०८१ पुष  १६ गते १८:३२
                        २०८१ पुष  १६ गते १८:३२                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4