
नेपालमा दशैं जसलाई विजयादशमी पनि भनिन्छ, संसारभरका हिन्दु मूलका नेपालीले मनाउने सबैभन्दा ठूलो र लामो चाड हो। दशैं सम्पूर्ण नेपालीको महत्वपूर्ण पर्व पनि हो। दशैं असोज/कात्तिक (सेप्टेम्बर/अक्टोबर) मा पर्दछ। दशैंले नेपाली जनताको अनुहारमा खुशी र मुस्कान एकसाथ ल्याउँछ। दशैंमा सबै सरकारी तथा निजी संस्थान १०–१५ दिन बन्द रहन्छन्। घरबाट टाढा रहेका मानिसहरु आफ्नो गाउँ फर्कन्छन्।
यस पर्वको मुख्य सौन्दर्य भनेको खुशी हो जहाँ तपाईं आफ्ना प्रियजनहरूलाई भेट्न पाउनुहुन्छ। दशैंसँग सम्बन्धित परम्परागत चङ्गा उडाउने, तास खेल्ने र पशु बलि दिने चलनहरू हुन्। यो पर्व कुनै खास धर्म वा जातमा मात्र सीमित नभई नेपाल बाहिर बसोबास गर्ने अन्य नेपाली भाषी समुदायले पनि उत्तिकै उत्साहका साथ मनाउने गरेका छन्।
लोकप्रिय पर्व, घर फर्कने र सबैभन्दा ठूलो वार्षिक यात्रा भीड, नयाँ कपडा तथा सामान खरिद गर्ने समय, उत्तम मौसम मध्ये एक, देवी दुर्गाको पूजा, खाना र पशु बलि, जमरा र टीका, लिङ्गे-पीङ, चङ्गा उडाउँदै र यात्राको लागि समय– दशैंलाई देखाउने १० झलक हुन्।
दशैं: त्यो समय र अहिले !
पछिल्ला केही वर्षयता नेपाली चाडपर्वहरुमा मौलिकता हराउँदै गएको छ। समयले धेरै परिवर्तन ल्याउँछ, एक समय थियो जब दशैं धेरै प्रत्यासित थियो र यो अझै रमाइलो चाड हो, तर वातावरण उस्तै छैन। जेहोस्, आकर्षण र रमाइलो हालको समयमा केही हदसम्म कम भएको छ, किनभने हामीमध्ये धेरैले कोभिड—१९ महामारीको कारणले कसैको प्रिय वा शुभचिन्तक गुमाउनु परेको छ। आजकल उस्तै प्रकारको उत्साह महसुस हुँदैन। आकाशमा चङ्गा उड्ने, जमिनमा झुल्ने, १०–१५ वर्षअघि दशैंमा फरक किसिमको माहोल थियो तर अहिले अवस्था फरक छ।
स्कुलमा पढ्दा खुशी र उत्साहको स्तर फरक हुन्थ्यो। नयाँ कपडा खरिद गर्ने योजना लामो समयदेखि सकिएको छ। अहिलेका बालबालिका नयाँ लुगामा पहिले जस्तो उत्साही छैनन्। हामी हाम्रा अभिभावकहरूबाट पैसा लिएर स्कूलमा साथीहरूलाई ग्रीटिंग कार्ड दिन्थ्यौं। गाउँमा हुर्केको गाउँले व्यक्ति, गाउँको दशैँले मेरो पुरानो स्मृति ताजा गराउँछ। बाल्यकालको दशैं अत्यन्तै रमाइलो थियो। हामी कैयौं चोटि ‘दशैं आयो खाउँला पिउँला, कहाँ पाउँला, चोरी ल्याउँला’ भनेर खेलिरहन्थ्यौँ। टीकाको दिन गनेर औंला भाँचिन्थ्यो। दशैं आउँदा भित्रभित्रै मन आनन्दित हुन्थ्यो।
पहिले पहिले गाउँघरमा दशैं आउनु भन्दा अगाडि लिपपोत गर्ने चलन थियो। सायद आजकल पनि गरिन्छ क्यारे। पहिले गाउँघरमा माटोको घर हुन्थ्यो। घर सिंगार्न रातो माटो, कमेरो (सेतो माटो) र काली माटी खोज्न आमा दिदीबहिनीहरु सोली बोकेर टाढा–टाढा जान्थे। यसरी बोकेर ल्याएको माटोले घर छ्याप्ने-लिप्ने गरिन्थ्यो।
आजकल दशैंमा हाम्रो बाल्यकालमा जस्तो आकर्षण र उत्साह छैन। हजुरबा हजुरआमाले दशैंलाई वर्षको एक मात्र समयको रूपमा सम्झन सक्छन् जब उनीहरूलाई नयाँ लुगा लगाइयो तर स्पष्ट रूपमा उनीहरूका नातिनातिनाहरू फरक जीवनशैलीमा अभ्यस्त छन्। चङ्गा, लिङ्गे पीङ र धार्मिक अनुष्ठानहरू त्यसबेला दशैंको सार हुनसक्छ।
दशैं मनाउनु हाम्रो संस्कृति जोगाउनु हो। दशैंकै नाममा विकृति फैलाउनुहुँदैन। वर्षौंको दौरान चाडपर्व मनाउने ढाँचामा आएको परिवर्तन देख्दा कहिलेकाहीं तनाव हुन्छ। यसरी बदलिएको परिप्रेक्ष्यमा हामीले दशैं र अन्य चाडपर्वलाई कसरी मनाउने र हाम्रा सन्तान र नातिनातिनालाई परम्परा र सांस्कृतिक मूल्य–मान्यता कसरी हस्तान्तरण गर्ने भन्ने बारेमा सोच्नुपर्छ। दशैं हाम्रा पुर्खाहरूले हामीलाई दिएको उपहार हो र यसलाई हामीले आफ्नै तरिकाले मनाउनुपर्छ। विजया दशैं २०८० को शुभकामना !
विराटनगर-३, मोरङ
प्रतिक्रिया 4