+
+

एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित योजनाको लाभांश प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २९ गते १३:१५

२९ असोज, काठमाडौं । एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको दुवै योजनाले लाभांश प्रस्ताव गरेका छन् ।

२७ असोज शनिबार बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट इकाइधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तरगत सञ्चालित योजना एनआईसी एशिया ग्रोथ फण्डले इकाइधनीलाई १०.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यस्तै एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तरगत नै सञ्चालित योजना एनआईसी एशिया ब्यालेन्स फण्डले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?