+
+

बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण प्रकाशित गर्ने समय १० दिन थप

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २९ गते १३:४५

२९ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक, वित्तीय संस्था र पूर्वाधार बैंकहरुलाई चालु आर्थिक वर्षको प्रथम त्रैमासको अन्तरिम वित्तीय विवरण प्रकाशित गर्ने म्याद थप गरेको छ ।

राष्ट्र बैंकले सूचना जारी गर्दै चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशनका लागि १० दिन समय थप गरेको हो ।

त्रैमास सकिएको ७ दिनभित्र अन्तरिम वित्तीय प्रतिवेदन तोकिएको ढाँचामा प्रकाशित गर्नुपर्नेमा आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासका लागि अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गर्न १७ कात्तिक २०८० सम्म समयावधि थप गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?