+
+

स्वास्थ्य क्षेत्रमा पहिलो पटक आईपीओ जारी गर्दै ह्याम्स अस्पताल

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २९ गते १६:५८

२९ असोज, काठमाडौं । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल)ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनी पब्लिक लिमिटेडमा गएपछिको पहिलो साधारण सभाले सर्वसाधारणका लागि ११ लाख २५ हजार कित्ता सेयर जारी गर्ने निर्णय गरेको हो । जुन जारी पूँजीको १५ प्रतिशत हो । प्रति कित्ता एक सय रुपैयाँका दरले सर्वसाधारणमा सेयर जारी हुनेछ ।

अस्पतालले सेयर निष्कासनका लागि ब्रिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई समेत नियुक्त गरिसकेको छ ।

यसैमध्येबाट बढीमा ५ प्रतिशत सेयर कर्मचारीका लागि जारी गरिने साधारण सभाले निर्णय गरेको छ । बाँकी ८५ प्रतिशत सेयर स्वामित्व भने संस्थापक समूहको हुने अस्पतालले जनाएको छ ।

साधारण सभाले आफ्ना सेयरधनीहरूलाई १७.३८ प्रतिशत बोनस सेयर र ०.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । त्यसपश्चात कम्पनीको कुल पूँजी ६३ करोड ७५ लाख रुपैयाँ हुनेछ ।

सञ्चालक समिति गठन

साधारण सभाले ५ सदस्यीय सञ्चालक समिति गठन गरेको छ । जसमा संस्थापक सेयरधनीको तर्फबाट रामशरण भण्डारी, दलबहादुर भण्डारी र प्रेमबहादुर भण्डारी नियुक्त भएका छन् । यस्तै सर्वसाधारणतर्फ गीता जोशी सायमी नियुक्त भएको अस्पतालले जनाएको छ ।

साधारणसभाले स्वतन्त्र सञ्चालकमा टंकमणि शर्मालाई नियुक्त गरिएको छ । स्वास्थ्य क्षेत्रमा समेत अनुभव र प्रशासकीय अनुभव भएका शर्मा पूर्वमहालेखा परीक्षक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?