+
+

अखिल क्रान्तिकारीमा विवाद : महेन्द्र मोरङबाट विद्यार्थी निकालिए

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २९ गते १८:४३

२९ असोज, विराटनगर । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको एक समूहले संगठनकै सदस्य विद्यार्थीलाई कुटपिट गरेको छ ।

सोमबार कलेज गएका बीबीएस दोस्रो वर्षका विद्यार्थी निराजन रायलाई रोहित यादवसहितको समूहले कुटपिट गरेको हो । केही दिनअघि यादवसहितको समूहले रायलाई कलेजमा प्रवेश निषेध घोषणा गरेको थियो । सोमबार आफ्नो कक्षामा गएका रायलाई क्याम्पस आएको भन्दै संगठनकै विद्यार्थीले हातपात गरेका हुन् ।

आफूमाथि कुटपिट र कलेज निष्कासनको घोषणा गरेपछि निराजनले यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस इकाई कमिटीले २५ भदौमा सातौं इकाइ सम्मेलन आयोजना गरेको थियो । सम्मेलनको बन्द सत्रपछि गर्ने सहमति भएपनि क्रन्तिकारीको एउटा समूहले सोही दिन विकास यादवलाई पुनः इकाई अध्यक्ष घोषणा गरेको थियो ।

त्यसपछि माओवादी केन्द्र जिल्ला अध्यक्ष विजय विश्वासहितका नेताले १७ असोजमा भेला राखेर निराजन रायलाई इकाइ अध्यक्ष घोषणा गरेका थिए ।

आफ्ना विरुद्ध रायलाई अध्यक्ष घोषणा गरेपछि यादवले रायलाई कलेजमा प्रवेश निषेधको घोषणा गरेका थिए ।

यता विकास यादवले भने आफूले प्रवेश निषेध गरेका व्यक्ति आएपछि कलेजबाट बाहिर निकालेको बताए । उनले हातपात भने नगरेको जिकिर गरे । संगठनमा देखिएको विवाद सामधानका लागि पार्टीले पनि समन्वय नगरेको उनले बताए । अखिल क्रान्तिकारी मोरङ जिल्ला इञ्चार्ज टेकेन क्षेत्रीले इकाईमा देखिएको विवाद समाधानको प्रयास भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?