+
+

दशैंको कोसेली हुन सक्छ ‘माया र मसला’को गुँदपाक र पुष्टकारी

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० असोज ३० गते १७:२४

काठमाडौं । दशैं सुरु भइसकेको छ । दशैं मनाउन संघीय राजधानी काठमाडौंलगायत प्रमुख सहरहरुबाट गाउँ फर्किनेहरुका कारण सडक र बसपार्कहरुमा भीडभाड छ । घर फर्किंदा के कोसेली लैजाने भन्ने दुविधाले पनि धेरैलाई सताउँछ ।

राजमार्गको यात्रा गर्दा विभिन्न गन्तव्यमा खासखास खानेकुरा पाइन्छन् । जस्तै, पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको बरमझिया हुँदै यात्रा गर्नेहरुले त्यहाँको प्रसिद्ध पेंडा लगिरहेका हुन्छन् । यस्तै काठमाडौंबाट बाहिर जानेहरुका लागि गुँदपाक र पुष्टकारी कोसेली हुन सक्छ ।  हिजोआज गुँदपाक र पुष्टकारी लैजाने क्रम घटेको देखिन्छ ।

यस्तोमा ललितपुरको नख्खिपोटमा सञ्चालित ‘माया र मसला’ले गुँदपाक र पुष्टकारीको उत्पादन गरेर यसलाई जीवन्त राख्ने कोसिस गरिरहेको छ । यसकी सञ्चालिका निशा अधिकारी हुन्, जसलाई खाना पकाउनमा पहिलेदेखि नै रुचि थियो । तर खाना पकाउने व्यवसायमा नै यसरी सफल भइएला भनेर उनले सायदै सोचेकी थिइन् ।

पहिले विभिन्न काममा जोडिएको भए पनि केही कारणवश लगभग पाँच वर्ष उनको काम रोकियो । सीप भएको मान्छे यसरी केही नगरी बसेको देखेपछि उनकी साथीले उनलाई खानाको व्यवसाय गर्ने सल्लाह दिइन् ।

उनकी साथीले नै सुत्केरी मसला र मुलाको अचार बनाइदिन भनेपछि उनले सुत्केरी मसला र मुलाको अचार बनाएर साथीलाई दिइन् । साथीले उनको त्यो खानाको भिडियो बनाएर सामाजिक सञ्जालमा राखिन् ।

त्यो भिडियो हेरेर धेरैले अर्डर गरे । त्यसपछि सुरु भयो ‘माया र मसला’ । आफूले बनाएको खानेकुरालाई धेरैले मन पराएको र माया गरेको कारण उनले आफ्नो त्यो ब्रान्डको नाम नै माया र मसला राखिन् । अहिले माया र मसलामा गुँदपाक र पुष्टकारीसँगै १६० प्रकारका खानेकुरा पाइन्छ । यहाँको अचार, सुत्केरी मसला, गुँदपाक, पुष्टकारी, मिठाइ, पापडलगायत धेरै खानेकुराले ग्राहकको मन जितेको छ ।

निशा अधिकारी, सञ्चालिका, माया र मसला

आफूलाई सफल महिला व्यवसायीको रूपमा स्थापित त गरिसकेकी निशाले नौ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेकी छिन् । दशैं सुरु भएसँगै माया र मसलामा गुँदपाक र पुष्टकारीको अर्डर ह्वात्तै बढेको छ । निशा भन्छिन्, ‘माया र मसलाले गुँदपाक र पुष्टकारीको स्वादमा मात्र नभई पोषणमा पनि उत्तिकै ध्यान दिएको छ ।’

माया र मसला सुरु भएको लामो समय भएको छैन, भर्खर एक वर्ष पूरा भयो । यति छोटो अवधिमा नै यसले धेरैको मन जितेको छ । ‘यहाँ प्रयोग हुने प्राय: सबै सामग्री अर्गानिक हुने,  सरसफाइमा ध्यान दिइने र गुणस्तरीय पनि हुने भएकोले माया र मसलाको गुँदपाक, पुष्टकारी, अचार र  सुत्केरी मसला लगायत सबै उत्पादनलाई ग्राहकले रुचाउनुभएको छ,’ निशा भन्छिन् ।

माया र मसलाले दशैंका लागि विशेष अफरको पनि व्यवस्था गरेको छ । माया र मसलाबाट एक हजार भन्दा बढीको सामान अर्डर गर्नेले एक बट्टा आँपको खट्टीमिठी अचार उपहार स्वरूप पाइन्छ ।

तस्वीर, भिडियो : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?