+
+

स्वास्थ्य बीमा बोर्डका ५ सदस्यले दिए सामूहिक राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३० गते १७:५७

२९ असोज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डका पाँच सदस्यले सामूहिक राजीनामा दिएका छन् । बोर्डमा कार्यवाहक कार्यकारी निर्देशक नियुक्त गरेको भोलिपल्ट बोर्डका मनोनित सदस्य डा. सुरेश तिवारी, डा. तारा साह, चन्द्र थापा, टीका चापागाईं भट्टराई र इन्द्रकला राईले राजीनामा दिएका छन् ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई उनीहरूले राजीनामा बुझाएका हुन् ।

लामो समयदेखि बोर्ड अध्यक्ष नियुक्त नगरेको, बीमा कार्यक्रम गिजोल्न गलत मनसायले कार्यकारी निर्देशकलाई निलम्बन गरेको, आवश्यक जनशक्ति व्यवस्थापन नगरेको भन्दै राजीनामा दिएको उनीहरुको भनाइ छ ।

मन्त्री बस्नेतले स्वास्थ्य बीमा सक्न लागिपरेको र बीमालाई स्वायत बन्न नदिएको आरोप पनि लगाएका छन् ।

मन्त्री बस्नेतले यसअघि स्वास्थ्य बीमा ऐन विपरीत बोर्डका कार्यकारी प्रमुख डा. दामोदर बसौलालाई स्पष्टीकरण सोधेका थिए ।

त्यसको १५ दिनपछि मन्त्रिपरिषद्ले बसौलालाई तीन महिनाका लागि निलम्बन गरेका थिए । बीमा बोर्ड गत चैत १० अध्यक्षविहीन छ । मन्त्री बस्नेतले सोमबार मात्रै मन्त्रालयका गुणस्तर मापन महाशाखा प्रमुख डा. मदन उपाध्यायलाई कार्यवाहक कार्यकारी निर्देशक नियुक्त गरेका थिए ।

हेर्नुहोस् राजीनामापत्र 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?