+
+

टी-२० विश्वकप छनोटमा सन्दीप लामिछाने टिममा फर्कने पारसको विश्वास

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३० गते १९:१३

३० असोज, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका सचिव तथा पूर्वकप्तान पारस खड्काले स्पीनर सन्दीप लामिछाने टी–२० आई विश्वकप छनोटका लागि टिममा फर्कने विश्वास व्यक्त गरेका छन् ।

भोलि बुधबारदेखि काठमाडौंमा सुरु हुन लागेको क्रिकेणात्मक शृंखलाका बारेमा जानकारी दिन भएको पत्रकार सम्मेलनमा खड्काले सन्दीपसँग आफूहरु नियमित सम्पर्कमा नै रहेको बताए ।

सन्दीपमाथि बलात्कारको आरोप छ र उनीमाथिको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।

जसका कारण उनले आफू मानसिक रुपमा खेल्न तयार नरहेको बताउँदै राष्ट्रिय टिमबाट नाम फिर्ता लिएका थिए । त्यसैले उनी क्रिकोणत्मक शृंखलामा छैनन् ।

‘हाम्रो उहाँसँग निरन्तर सम्पर्क भइरहेको छ,’ पत्रकार सम्मेलनमा पारसले भने, ‘उहाँ त्रिकोणात्मक सिरिज पछि टिममा फकर्ने आश हामी सबैले गरेका छौं ।’

त्रिकोणात्मक टी(२० सिरिजको फाइनल कात्तिक १० गते हुने छ । त्यसको ३ दिनपछि टी–२० आई विश्वकप छनोट सुरु हुने छ ।

पत्रकार सम्मेलनमा कप्तान रोहितकुमार पौडेलले लामिछानेको अभाव टिमलाई खड्किने बताए ।

‘सन्दीप नहुँदा टिमलाई फरक पर्छ,’ रोहितले भने, ‘उहाँ आफ्नो व्यक्तिगत कारणले हुनु हुन्न तर टिममा उहाँ नहुँदा फरक पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?