+
+

इजरायलबाट १८ नेपाली नयाँदिल्ली आइपुगे, घरसम्म पुग्न गाडीको व्यवस्था

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १ गते ८:४१

१ कात्तिक, काठमाडौं । युद्धग्रस्त इजरायलबाट थप १८ जना नेपालीहरुको उद्धार भएको छ । भारत सरकारको ‘अपरेसन विजय’ अन्तर्गतको उद्धार उडानबाट १८ जना नेपालीहरुको पनि उद्धार भएको हो ।

भारतका लागि नेपाली राजदूत शंकर शर्माले १८ जना नेपालीहरु भारतको नयाँदिल्ली आइपुगेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् । उनीहरुलाई राजदूतावासका कर्मचारीहरूले नयाँदिल्लीमा स्वागत गरेका थिए ।

दशैंका बेला घर फर्किन पाएकोमा नेपालीहरु उत्साहित रहेको र उनीहरुलाई घरसम्म जान गाडीको व्यवस्था गरिएको राजदूत शर्माले जानकारी दिएका छन् ।

यसअघि नेपाल सरकारले काठमाडौंबाट नेपाल एयरलाइन्सको हवाईजहाज इजरायलको तेलअविव पठाएर २५४ नेपालीहरुको उद्धार गरेको थियो ।

थप उद्धारका लागि नेपाल सरकारले भारत सरकारलाई आग्रह गरेको थियो । सो आग्रह बमोजिम भारत सरकारले आफ्ना नागरिकहरुसँगै १८ जना नेपालीलाई पनि उद्धार गरिदिएको हो । राजदूत शर्माले इजरायलबाट नेपालीहरुलाई ल्याइदिएको भन्दै भारत सरकारप्रति आभार प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?