+
+

लक्ष्मी बर्देवा र मुकुन भुसाल अभिनित ‘विच्छेद’को टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १ गते ११:४३

काठमाडौं । लक्ष्मी बर्देवा र मुकुन भुसाल अभिनित फिल्म ‘विच्छेद’को टिजर सार्वजनिक भएको छ । निर्माताले टिजर र पोस्टरसँगै मंसिर ८ गतेलाई प्रदर्शन मितिको रुपमा घोषणा गरेका छन् । फिल्मले दम्पतीको सम्बन्धको कथा पेश गर्छ ।

यसअघि यी दुई कलाकारले फिल्म ‘बुलबुल’मा स्क्रिन–सेयर गरेका थिए । निर्माता सत्यराज चौलागाईंका अनुसार फिल्मलाई विदेशमा समेत प्रदर्शनको तयारी भइरहेको छ ।

ग्रामीण परिवेशमा आधारित रहेको फिल्मको छायांकन रामेछापमा गरिएको छ । फिल्ममा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउँवाला गौतम, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, जीवन थापा, जयराम सापकोटाको समेत अभिनय छ ।

संकल्प भुजेलको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन, समीर मियाको भीएफएक्स, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र रेनिस फागोको रङ संयोजन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?