+
+

कोशीका मुख्यमन्त्री केदार कार्कीले मागे विश्वासको मत

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १ गते १३:२२

१ कात्तिक, विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत मागेका छन् । बुधबारकाे प्रदेशसभा बैठकलाई सम्बाेधन गर्दै उनले विश्वासको मत मागेका हुन् ।

संघीयता र लाेकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि संकल्प आवश्यक रहेकाे बताउँदै उनले विश्वासको मत मागे । ‌सरकार गठनकाे अन्तिम विकल्पका आधारमा आफूलाई विश्वास गरेर मुख्यमन्त्री नियुक्त गरेकाे बताउँदै उनले राज्यका हरेक निकायमा जनताकाे पहुँच पुर्याउनका लागि काम गर्ने बताए । विकासलाई ध्यानमा राखेर काम गर्ने बताएका उनले विश्वासको मत दिन आग्रह गरे ।

९३ सदस्यीय प्रदेशसभामा कार्कीलाई राप्रपा बाहेकका दलले विश्वासको मत दिने निर्णय गरेका छन् । ६ सिटको राप्रपाले विपक्षमा मतदान गर्ने निर्णय गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?