+
+

दशैं लागेसँगै सेयर बजारमा उत्साह, कारोबार रकम भने खुम्चियो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १ गते १५:२०

१ कात्तिक, काठमाडौं । दशैं सुरु भएसँगै सेयर बजार बढ्न लागेको छ । असोज मसान्तमा बैंक ब्याज तिर्न र दशैंमा खर्च व्यवस्थापन गर्न सेयर बिक्रीको चाप आउँदा पछिल्लो केही दिन यता लगातार घटेर सोमबार १८५१.४३ को विन्दुमा झरेको नेप्से मंगलबार र बुधबार लगातार दुई कारोबार दिन बढेको हो ।

नेप्सेमा लगातार दोस्रो दिन पनि वृद्धि हुँदा १९०० को विन्दु नाघेर बन्द भएको छ ।
बुधबार बजार परिसूचक नेप्से ४३.२७ अंकले वृद्धि हुँदा १९०७.८९ को विन्दुमा बन्द भएको हो ।
बुधबार सबै उपसूचकमा हरियाली छाउँदा बैंकिङ क्षेत्रमा नै आकर्षण देखिएको छ ।

निर्जीवन बीमा उपसूचक सर्वाधिक २.८७ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक २.७६ प्रतिशत, हाइड्रोपावर उपसूचक २.५३ प्रतिशत र बैंकिङ उपसूचक २.४६ प्रतिशत बढेर बन्द भएको छ ।

नेप्सेमा हरियाली देखिएपनि दशैं लाग्दा लगानीकर्तामा सक्रियता घटेको छ । जसले बुधबार कारोबार रकम पनि घटेको छ ।

मंगलबार करिब १ अर्बको कारोबार भएको बजारमा बुधबार कारोबार रकम घटेर ९३ करोड ४९ लाखमा सिमित भएको द्धद । ३१ हजार ७८८ वटा कारोबारमा ३७ लाख ७२ हजार २३ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

जसमध्ये सानिमा जिआईसी इन्स्योरेन्सको सर्वाधिक ४ करोड ४६ लाखको कारोबार हुँदा कुमारी बैंकको संस्थापक सेयर ३ करोड १४ लाख र आईएमई लाइफ इन्स्योरेन्सको २ करोड ४३ लाखको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल २३६ सुचिकृत कम्पनीको सेयर कारोबार भएको छ ।
जसमध्ये २२३ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा १० कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ ।

यस्तै ३ कम्पनीको सेयरमूल्य स्थिर छ । बुधबार हरीयाली छाएको बजारमा आशा लघुवित्तको सेयरमूल्य १० प्रतिशत र इन्फीनिटी लघुवित्तको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

यस्तै मिड सोलु हाइड्रोपावर सेयरमूल्य ९.३१ प्रतिशत र ज्योति विकास बैंकको सेयरमूल्य ९.१९ प्रतिशतले बढेको छ ।

बीडीडब्लु लघुवित्तको सेयरमूल्य ४.६२ प्रतिशतले गिरावट हुँदा एनआईबीएल समृद्धि फण्ड २ को इकाइमूल्य ३.९५ प्रतिशतले वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?