+
+

कोशीमा अब सहमतिको सरकार बन्छ : मुख्यमन्त्री कार्की

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १ गते १६:५७

१ कात्तिक, विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले  प्रदेशमा सहमतिको सरकार बन्ने बताएका छन् ।

बुधबार प्रदेशसभामा विश्वासको मत लिएपछि पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले सहमतिको सरकार गठनका लागि अधिकतम प्रयास हुने बताएका हुन् ।

‘सहमतीय सरकारका लागि अधिकतम प्रयास हुन्छ, त्यसका लागि संवाद र सहकार्य हुन्छ’ उनले भने ।

मुख्यमन्त्री कार्कीलाई सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका साथै गठबन्धनमा नरहेको नेकपा एमालेले पनि विश्वासको मत दिएको छ ।

मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषदमा नेकपा एमालेका राम राना र कांग्रेसका शमशेर राईलाई सहभागी गराएका छन् भने अझै ६ जना मन्त्री चयन बाँकी छ । सत्तारुढ गठबन्धनका शीर्ष नेताले कोशीमा एमालेबाहेकको सरकार बनाउने अभिव्यक्ति दिइरहेका बेला मुख्यमन्त्री कार्कीले एमालेसहितको सरकार बनाउने आशय व्यक्त गरेका हुन् ।

उनले सबै दलको साझा बन्ने प्रयास हुने बताए । उनले आपसी संवादपछि जतिसक्दो छिटो मन्त्रिपरिषद विस्तार हुने पनि बताए ।

*यसअघिको समाचारमा मुख्यमन्त्री कार्कीको भनाइलाई भुलवश माओवादी नेता इन्द्रबहादुर आङ्बोको भनी उल्लेख भएकाले क्षमा माग्दै सच्याइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?