+
+

भन्सारछलीका सामानसहित ट्रक नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते १२:०७

२ कात्तिक, काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले करिब ७० लाख मूल्य बराबरको भन्सार छलीको सामानसहितको ट्रक नियन्त्रणमा लिएको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगञ्जबाट ना ३ ख ५६७२ नम्बरको ट्रक नियन्त्रणमा लिइएको बारा प्रहरीका सूचना अधिकारी दधीराम न्यौपानले बताए ।

वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको सो ट्रकमा हार्डवेयर र अटो पार्ट्सका सामानहरू रहेको न्यौपानेले बताए ।

उक्त ट्रकले बोकेको सामानको बिल विजक भन्दा बढीको सामानको स्रोत खुलाउन नसकेको प्रहरीको भनाइ छ । ट्रकमा ५९ रूपैयाँ बराबरको सामान रहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?