+
+

इजरायल हमास युद्धमा प्रयोग भइरहेका १२ हतियार !

फिचर फिचर
२०८० कात्तिक २ गते १५:४३

गत शनिबार गाजास्थित हमास विद्रोहीले इजरायलमा गरेको अप्रत्याशित आक्रमणसँगै इजरायलले घातक प्रत्याक्रमण गरिरहेको छ । इजरायल र हमास बीचको जारी युद्धमा हजारौँ मानिसले ज्यान गुमाइसकेका छन् ।

युद्धमा विभिन्न खाले खतरनाक तथा घातक हतियारहरु प्रयोग भैरहेका छन् । त्यहाँ प्रयोग भैरहेका उल्लेखनीय १२ हतियार यस्ता छन् :

१. कार्लो सबमेसिन गन : यो प्यालेस्टाइनमा निर्मित सबमेसिन गन हो । यसको डिजाइन स्वीडेनको कार्ल गुस्ताब एम ४५ बाट प्रेरित छ ।

यो हतियारको प्रयोग हाल हमासले अत्यधिक रुपमा गरिरहेको छ । यसमा विभिन्न खालका गोली लगाएर प्रहार गर्न सकिन्छ वा गोलीको प्रकारको हिसाबले यसलाई मिलाउन सकिन्छ । सन् २०१६देखि अहिलेसम्म ६८ वटा आक्रमणमा हमासले यो हतियारको प्रयोग गरेको छ ।

२. अबाबील ड्रोन : यो ड्रोन सबैभन्दा पहिले इरानले बनाएको थियो । हमाससँग यसको पहिलो भेरिएन्ट नै रहेको छ जसको प्रयोग उसले निगरानीका साथै आक्रमण गर्नका लागि समेत गर्ने गरेको छ । यो लामो दूरीको सस्तो ड्रोन हो जसलाई थोरै खर्चमा घरमै पनि बनाउन सकिन्छ । अबाबील ड्रोन एउटा आत्मघाती ड्रोन हो ।

सन् १९८० मा पहिलोपटक यसको पहिलो संस्करण निर्माण भएको थियो तर त्यसको कुनै तस्वीर उपलब्ध छैन । यसको दोश्रो संस्करणमा ४० केजी सम्म विस्फोटक पदार्थ लोड गर्न सकिन्छ ।

३. al quads रकेट : यो प्यालेस्टाइनको इस्लामिक जेहाद नामको विद्रोही संगठनले बनाएको घरेलु हतियार हो । यो धेरै हदसम्म हमासको Quassam रकेटसँग मिल्दोजुल्दो छ । यो मिसाइलको लम्बाई २.३ मिटर हुन्छ । गाजापट्टीबाट यो मिसाइल प्रहार हुँदा त्यसले इजरायलका विभिन्न सहरमा धावा बोल्न सक्दछ ।

यो बहुउद्धेश्यीय रकेट लन्चर हो । यसको दूरी १८ देखि ३० किमी सम्म हुन्छ । एउटा लन्चरमा १० वटासम्म रकेट हुन्छन् । यसले २० सेकेण्डमा ४० वटा रकेट दाग्ने क्षमता राख्दछ ।

४. क्वास्सम रकेट : यो हमासले स्टीलका पाइपबाट बनाएको रकेट हो । हमासको इज अददीन अल कासम ब्रिगेडले त्तबककबm रकेट बनाएको हो ।यसको वजन ३५ केजी देखि ५० केजी हुन्छ भने लम्बाई १८० सेमी देखि २४४ सेमी सम्म हुन्छ ।

यसको वारहेडमा विस्फोटकसँगै किला, काँच लगायतका वस्तुहरु पनि हालिन्छ ताकि धेरै भन्दा धेरै मानिसलाई क्षति पूराउन सकियोस् । यसको मारक दूरी १.५ किमीदेखि १६ किमिसम्म हुन्छ।

५. Yasin RPG : यो हमासले बनाएको स्वदेशी एन्टी ट्यांक रकेट प्रोपेल्ड ग्रिनेड हो । यसको प्रयोग हमासले सन् २००४ देखि गर्दै आएको छ । यसको वजन ७ केजी छ भने लम्बाई ३७ इन्च छ । यसलाई एक वा दुईजनाले सजिलैसँग चलाउन सकिन्छ ।

यसमा ४० मिलिमिटर र ८० मिलिमिटरका  गरी दुई प्रकारका ग्रिनेड प्रयोग गर्न सकिन्छ । प्रहारसँगै ग्रिनेड २९५ मिटर प्रतिसेकेण्डको गतिमा जान्छ र यसको मारक दूरी ३०० मिटर सम्म हुन्छ । हमासले सैनिक तथा हलुका गाडीहरुमा आक्रमण गर्नका लागि यसको प्रयोग गर्ने गरेको छ ।

६. lA Bana RPG : काँधमा राखेर चलाउने यो एक रकेट लन्चर हो । यसलाई राफाहस्थित सुरुङको माध्यमबाट गाजापट्टीमा ल्याइन्छ वा त्यहीँ नै तयार गरिन्छ । यसको दोश्रो रुप अल बतर आरपिजी पनि रहेको छ ।

दुबै हतियार झण्डै उस्तै भएतापनि रेन्ज वा मारक क्षमतामा भने फरक छ । यसले ट्यांक, हेलिकप्टर वा सानातिना सैन्य गाडीहरुलाई ध्वस्त पार्न सक्दछ ।

७. कंकर्स एन्टी ट्यांक गाइडेड मिसाइल : यसलाई काँध, ट्राइपोड, ट्यांक वा बिएमपी गाडीमा तैनाथ गरेर समेत प्रहार गर्न सकिन्छ । सन् १९७० मा यसको डिजाइन गरिएको हो । यसको मिसाइलको वजन १४.६केजी हुन्छ भने लन्चिंग पोस्टको वजन २२.५ केजी हुन्छ ।

मिसाइल ४५ इन्च लामो छ भने यसमा २.७ केजीको वारहेड हुनछ । यसले ७० मिटर देखि ४ किलोमिटर सममको क्षेत्रमा मार हान्न सक्छ । यसबाट निस्केको गोली २०८ मिटर प्रतिसेकेण्डको गतिमा जान्छ ।

८. कर्नेट एन्टी ट्यांक गाइडेड मिसाइल : यो यताउति लैजान सकिने अर्थात् पोर्टेबल मिसाइल हो र यसलाई काँधमा राखेर प्रहार गर्न सकिन्छ । सन् १९९८ देखि अहिलेसम्म विभिन्न देशहरुले आफ्नो सेनामा यो हतियार राखेका छन् र कैयन् युद्धहरुमा यसको प्रयोग पनि भएको छ ।

अहिलेसम्म यो मिसाइल ३५ हजार गोटा बनिसकेको छ । एउटा मिसाइलको वजन २७ देखि ६४ केजीसम्म हुन्छ भने लम्बाई १२०० मिलिमिटर हुन्छ । यसमा ४.६केजीको हिट वारहेट हुन्छ । यो हतियारको मारक दूरी १ सय मिटरदेखि ५.५ किलोमिटर सम्म हुन्छ ।

९. आइरन बिम : इजरायलले हमासका रकेट, ग्रिनेड तथा मोर्टारलाई ध्वस्त पार्नका लागि लेजर आक्रमण गरिरहेको छ । इजरायलले Iron Beam Laser Point Defense System सक्रिय बनाइसकेको छ । यो प्रणालीले निकै टाढाबाट समेत ड्रोन, रकेट, मिसाइल, मोर्टारहरुलाई आउँदै गरेको देखेर त्यसलाई आकासमै ध्वस्त पारिदिन्छ ।

यो लेजर हतियारलाई इजरायलले पूरै देशभर तैनाथ गरेको छ । यसको मारक दूरी १० किलोमिटर हुन्छ । यसमा गोली, बारुद वा रकेट हुँदैन केवल लेजर प्रकाश मात्रै हुन्छ ।

१०. आइरन डोम : इजरायलले बनाएको विश्वको सबैभन्दा सटिक तथा प्रभावशाली वायु प्रतिरक्षा प्रणाली हो आइरन डोम । सन् २०११ म इजरायलले देशमा आइरन डोमलाई तैनाथ गरेको थियो । त्यसबेला देखि यो हवाई सुरक्षा प्रणालीले इजरायलीहरुलाई हमास लगायतका मुस्लिम अतिवादी संगठनहरुको रकेट हमलाबाट बँचाउँदै आएको छ ।

आइरन डोमले आफ्नोतर्फ आउँदै गरेका हरेक १ सयमा ९० वटा रकेटलाई आकासमै ध्वस्त पारिदिन्छ । यसको निर्माणको सुरुवात सन् २००६ मा भएको थियो जब हेजबुल्लाहले इजरायलमा हजारौँ रकेट दागेको थियो ।

त्यो आक्रमणबाट इजरायलमा कैयौँ मानिस मारिएका थिए र हजारौँ इजरायलीहरु द्येश छाडेर भागेका थिए । त्यसपछि इजरायलले स्वदेशी मिसाइल प्रतिरक्षा प्रणाली बनायो । आइरन डोमको प्रभावक्षेत्र १५० वर्ग किलोमिटरबाट बढेर २५० वर्ग किलोमिटर पुगिसकेको छ ।

यसले दुई दिशाबाट आउने रकेटलाई पहिचान गरेर प्रत्याक्रमण गरी नष्ट गरिदिन सक्दछ । मिसाइल फायरिंग युनिटमा इन्टरसेप्टर मिसाइल हुन्छ । एउटा ब्याट्रीमा ३।४ वटा लन्चर हुन्छन् जसमा हरेकमा २० वटा मिसाइल राखिन्छ ।

११. मेरकावा ट्यांक : यो इजरायलको मुख्य ट्यांक हो । यसका चारवटा प्रकारहरु इजरायलसँग छन् । ६५ टन वजनको यो ट्यांकमा ४ जना चालक दलका सदस्य तथा ६जना सैनिक चढेर युद्ध मैदानमा उत्रिन सक्दछन् । यसको बाहिर लगाइएको कवचका बारेमा इजरायलले कसैलाई पनि बताएको छैन ।

यसमा १२० मिलिमिटरको स्मूथबोर बन्दुध हुन्छ । साथै यसले एन्टी ट्यांक गाइडेड मिसाइल Lahat लञ्च गर्न सक्दछ । यसका अलावा यसमा एउटा १२.७ मिलिमिटरको मेसिन गन, तीनवटा ७.६२ मिलिमिटरको मेसिन गन, एउटा मोर्टार लन्चर, एउटा इन्टर्नल मोर्टार लन्चर तथा १२ वटा स्मोक ग्रिनेड लन्चर जडित हुन्छ ।

यसमा ४५ वटा बम हुन्छन् जसको मारक दूरी ५ सय किलोमिटर सम्म हुन्छ।

१२. फस्फोरस बम : इजरायलले हाल हमासको विरुद्ध गाजामा फस्फोरस बम प्रहार गरेको आरोप लागेको भएपनि त्यसको पुष्टि हुन सकेको छैन । यो एउटा यस्तो बम हो जुन विस्फोट भएसँगै आसपासको वातावरणमा अक्सिजनको कमी सिर्जना हुन्छ ।

साथै यसले आँखा तथा छालामा तीव्र जलन पैदा गर्दछ । यसको विस्फोटबाट मानिस जल्दछ । किनकि यसले ८ सय डिग्री सेल्सियस सम्मको तापमान पैदा गर्दछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?