+
+

२ किलो चिनी किन्न धादिङदेखि काठमाडौं

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते १९:०७

२ कात्तिक, काठमाडौं । बजारमा चिनी अभाव भएपछि काठमाडौंको सुपथ मूल्य पसलमा चिनी किन्न धादिङदेखिका मानिस आएका छन् ।

नेपालीको मुख्य चाड दशैं, तिहार र छठको समयमा बजारमा चिनी अभाव भएपछि धादिङ छत्रेदेउरालीका साधुरामप्रसाद भट्टराई सरकारले काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसनमा आएका हुन् ।

दशैँ, तिहार र छठमा नेपालीले ठूलो मात्रामा चिनी प्रयोग गर्ने समयमा सरकारले दायित्व निर्वाह गर्न नसकेको भट्टराईले बताए । उनले मुख्य चाडपर्वको समयमा २ किलो चिनी खरिद गर्न धादिङदेखि काठमाडौं आउनुपर्ने बाध्यता सरकारको लापरवाहीकै कारण भएको भन्दै आक्रोश पोखे ।

भट्टराईले धादिङका खाद्यान्न पसलहरुमा चिनी नपाएको बताए । उनले जन्मेदेखि पहिलो पटक धादिङबाट २ किलो चिनी किन्न काठमाडौंमा आएको बताए ।

सहुलियत पसलमा चिनी किन्न लाइनमा बसेकी सावित्रा उप्रेतीले चिनी किन्न दुई घण्टा लाइन लाग्नुपरेको बताइन् । सहुलियत पसल भन्दा बाहिर चिनी नपाएकाले २ किलो चिनीका लागि लाइन लागेको उनको भनाइ छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय निर्देशक ब्रजेशकुमार झाले सरकारले आन्तरिक बजारबाट उपलब्ध गराएको ७० टन चिनी भएसम्म उपभोक्तालाई २ किलोका दरले बिक्री गरेको बताए ।

सहुलियत पसलमा लाइनमा बसेका सबै उपभोक्ताले २ किलो चिनी अनिवार्य पाउने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?